CG Electronics
IME Life
NIMB

गोर्खाज फाइनान्स गम्भीर संकटमा : विवादले साधारण सभा अन्योलमा

NIMB
Himalayan Bank

 

काठमाडौँ । गोर्खाज फाइनान्सको वार्षिक साधारण सभा व्यवस्थापन, सञ्चालक समिति र शेयरधनीहरुमा देखिएको विवादका कारण भाँडिएको छ । कम्पनीले आज (पुष २९ गते) बिहान ११ बजे पानस बैंक्वेट एण्ड इभेन्ट भेन्यु, बसुन्धरा, काठमाडौँमा ३०औं वार्षिक साधारण सभा बोलाएको थियो । तर, सभा सुरु हुन नपाउँदै व्यवस्थापन समिति र सञ्चालक समितिबीचको आन्तरिक विवाद सतहमा आएपछि सभा स्थगित भएको हो ।

सभामा कम्पनीका व्यवस्थापन समितिले काम गर्न नसकेको र गोर्खाज फाइनान्स आफ्ना मान्छे भर्ति गराउने स्थानमा परिणत भएको आरोप लगाइएको छ । यससँगै, सञ्चालक समितिले गैरकानुनी रूपमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको विषयमा गम्भीर प्रश्न उठेको छ । यसले गर्दा साधारण सभा अव्यवस्थित बनेको र बैठक नै स्थगित गर्नुपरेको जनाइएको छ ।

सञ्चालक समितिको लफडाले संस्थाको वित्तीय अवस्था पनि गम्भीर संकटतर्फ धकेलिएको देखिन्छ । कम्पनीमा कालोसूचीमा परेका लगानीकर्ताले सीईओ नियुक्त गर्न खोजेको भन्दै तीव्र विरोध भइरहेको छ । गोर्खाज फाइनान्सको अध्यक्ष गौरव बुढाथोकीका साथै सञ्चालक सदस्यहरूमा कल्पना खापुङ, युबराज राई, नरेन्द्र कुमार अग्रवाल, र निलम बोहरा रहेका छन् । तर, सञ्चालक समितिभित्रै विभाजन देखिएको छ, जसका कारण व्यवस्थापन प्रक्रियामा असहमति चुलिएको छ ।

वर्तमान सीईओ प्रकाश चन्द्र अधिकारीलाई सञ्चालक समितिको पुष १४ गतेको ५०३औं बैठकले आगामी चार वर्षका लागि नियुक्त गरेको थियो । तर, शेयरधनीहरूले अधिकारीको नियुक्ति गैरकानुनी भएको दाबी गरेका छन् । यसअघि, सन्तोष कुमार घिमिरेले सञ्चालक समितिको आन्तरिक विवादकै कारण सीईओ पद छोडेको र संस्थामा स्थायित्व नआएको आरोप लगाइएको छ ।

फाइनान्सको वित्तीय स्थिति कमजोर छ । खराब कर्जाको मात्रा लगातार बढ्दै जाँदा कम्पनीको ऋण व्यवस्थापन क्षमता शून्यप्रायः देखिएको छ । सभाका क्रममा वित्तीय सूचकहरूमा आएको गिरावट र संस्थाको संचालनमा भएको लापरबाहीप्रति शेयरधनीहरूले गम्भीर असन्तोष व्यक्त गरेका छन् । संस्थाभित्र चलखेल र अस्थिरताको प्रश्न उठेसँगै साधारण सभा स्थगित भएको हो ।

अहिले कम्पनीको वित्तीय स्वास्थ्य सुधार गर्ने दिशामा कुनै ठोस कदम चाल्न सकेको छैन । कर्जाको स्तरोन्नति, आन्तरिक व्यवस्थापन सुधार र सञ्चालक समितिको स्थायित्वजस्ता प्रमुख विषयमा कुनै स्पष्ट रणनीति नहुँदा गोर्खाज फाइनान्स अझै गम्भीर संकटतर्फ उन्मुख छ । शेयरधनीहरूका अनुसार कम्पनीले हालसम्म कुनै पनि विश्वासिलो सुधार योजना सार्वजनिक नगरेको र व्यवस्थापनको उपयुक्त मार्गनिर्देशन नभएको स्थिति देखिन्छ ।

साधारण सभा स्थगित गर्नुको प्रमुख कारण गणपुरक संख्या नपुग्नु भएको भनिए पनि आन्तरिक विवाद र सीईओ नियुक्तिसम्बन्धी प्रश्न नै मूल कारण रहेको बताइएको छ । यस्तै, सञ्चालक र व्यवस्थापन पक्षबीचको विवादले गर्दा संस्थाको प्रतिष्ठामा पनि आँच आएको छ । उस्तै पनि टाट पल्टिन लागेको गोर्खाज फाइनान्स अहिले ठूलो संकटतर्फ जान सक्ने खतरा देखिएको छ ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...