CG Electronics
IME Life
NIMB

सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ : मन्त्री भण्डारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले हामी सबैले सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्ने बताएका छन् । मंगलबार ग्लोकल स्किल वीक २०२५को सम्पन्न कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले युवाहरु विदेश पलायन भइरहेकाले रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘हामीले सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ । हाम्रा युवाहरु विदेश पलायन भइरहेका छन् तर किन ? यसमा धेरै दृष्टिकोणहरु छन् । कसैको दृष्टिकोणमा यो सोसल स्टेटस हो, कसैको लागि बाध्यता हो भने कसैको लागि राम्रो अवसरहरूको खोजी । कारण जे भए पनि हामीले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । विभिन्न क्षेत्रहरूमा रोजगारीका अवसरहरू पहिचान गर्नुपर्छ । र, सबैभन्दा महत्वपूर्ण कुरा समाजका हरेक तह र तप्काका मानिसले श्रमको सम्मान गर्न सिक्नुपर्छ ।’

एक हप्तासम्म सन्चालन गरिएको उक्त ग्लोकल स्किल वीकमा सीपमुलक तालिमहरु लगायत सीपयुक्त कार्यशाला, तालिम, केस स्टडीहरु एवम विभिन्न मनोरन्जनात्मक गतिविधिमार्फत सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोशिस गरिएको थियो ।

कलकारखाना, शैक्षिक संस्था एवम विभिन्न निकायसँगको साझेदारीको लक्ष्य लिई सीपमुलक रोजगारीका अवसर, सीपप्रतिको बढदोे महत्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्व उजागर गर्ने लक्ष्यका साथ पौष २२ देखि पौष २९ सम्म स्किल वीक कार्यक्रम सन्चालन भएको थियो । यस कार्यक्रममा कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य, एवम विज्ञान तथा प्रविधि गरी ४ फरक क्षेत्रका सीपहरु प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा यिनै ४ विधाका ४ प्रेरक व्यक्तित्वहरुलाई ग्लोकल स्किल हीरो अवार्ड २०२५ बाट सम्मानित गरिएको थियो ।

कलाको पहिलो स्तम्भ अन्तर्गत गायक तथा गीतकार सुशान्त केसीलाई सम्मान गरिएको थियो । उनी २०२४ मा स्पटिफाइमा सर्वाधिक सुनिने नेपाली गायक हुन् । यस वर्ष बार्दली, पर्ख न, झ्यालबाट, सारंगीजस्ता हिट गीत दिएका सुशान्तलाई स्पटिफाइमा सुन्नेको संख्या बढ्दो छ । संगीतमार्फत् कथा भन्न सक्ने उनको क्षमताले उनलाई विश्वभरका श्रोताहरूले रुचाएका छन् । आमालाई समर्पित उनको चर्चित गीत “आमा” ले धेरै मानिसको भावनालाई छोएर नेपाली संगीतमा एक अमर कृतिका रूपमा रहेको छ ।

त्यसैगरी, उद्यमशीलता विधामा स्किल हिरोको रूपमा सामाजिक उद्यमी र खाली सिसी म्यानेजमेन्ट प्रा. लि. का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आयुषी केसीलाई सम्मान गरियो । “खाली सिसी फ्रेन्ड्स” अन्तर्गत खालि सिसीले १३,००० भन्दा बढी फोहोर बेच्ने व्यक्तिहरुको सञ्जाल बनाएको छ जसले नेपालमा फोहोरलाई कुशलतापूर्वक एवम सहज रुपमा व्यवस्थापन गर्दै आएको छ । आयुषी २०१८ मा फोब्र्सको ३० अन्डर ३०, एसियाको सामाजिक उद्यमी वर्गमा पर्न सफल भएकी थिईन । साथै २०१९ मा सामाजिक उद्यमशीलताको क्षेत्रमा उनको योगदानको कदर गर्दै एशिया सोसाइटी २०१९ को सदस्यका रूपमा पनि सम्मानित गरिएको छ । खाली सिसी म्यानेजमेन्टले फोहोरमैला संकलन गर्ने व्यक्तिहरूलाई संगठित गर्दै उनीहरूको कामलाई मर्यादित बनाउने गरी काम गरेको उनको भनाइ छ ।

यसका साथै पर्यटन तथा हस्पिटालिटी विधाका लागि सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट कलेजका संस्थापक तथा प्रिन्सिपल समीर थापालाई सम्मानित गरियो । नेपालमा विश्वस्तरीय आतिथ्य सेवा र शिक्षा ल्याउन उनको महत्वपूर्ण योगदान रहेको छ । आतिथ्य क्षेत्रको बृहत अनुभवको साथ उनले यस क्षेत्रमा योग्य कामदारहरुको गम्भीर कमीलाई सम्बोधन गर्न २००१ मा सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टको स्थापना गर्नुभएको थियो । नेपालको पहिलो प्राइभेट होटेल म्यानेजमेन्ट स्कुल खोल्ने र विम्पी—(अन्तर्राष्ट्रिय फास्ट–फुड फ्रान्चाइजी) को नपालमा शुरुवात गर्ने लगायतका धेरै कुराहरूले वहाँको उद्यमशीलता यात्रालाई परिचित गराएको छ ।

कर सुधारमा बजेटले ठूलो फड्को मारेको छ : अध्यक्ष अग्रवाल

कर सुधारमा बजेटले ठूलो फड्को मारेको छ...

वि.सं.२०८३ जेठ १८ सोमवार २३:०४

  काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले...

अर्थमन्त्री वाग्लेले भने : बिजुलीको करलाई लिएर ‘आकाश खसेजस्तो’ प्रचार गरियो

अर्थमन्त्री वाग्लेले भने : बिजुलीको करलाई लिएर...

वि.सं.२०८३ जेठ १८ सोमवार २२:४८

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि...

ट्राफिक प्रहरी मिरर २०२६’ को लोकार्पण सम्पन्न

ट्राफिक प्रहरी मिरर २०२६’ को लोकार्पण सम्पन्न

वि.सं.२०८३ जेठ १८ सोमवार २२:२२

  'ट्राफिक प्रहरी मिरर २०२६' को आज एक विशेष समारोहका...

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...