CG Electronics
IME Life
NIMB

विराट एक्स्पो २०२५: रोजगार कोशी पेभिलियनले वेरोजगार र रोजगारदाता बीच जमघट गराउँदै छ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । माघ ११ देखि विराटनगरको डिग्री कलेजको मैदानमा सुरु हुने आठौ सस्करणको विराट एक्स्पोले रोजगारीको खोजीमा भौतारिएका युवा युवती र दक्ष कामदारको खोजीमा रहेका उद्योगी व्यवसायीलाई रोजगार कोशी पेभिलियनमा जमघट गराउने भएकाे छ ।

त्यो जमघटमा झण्डै दुई हजार युवायुवतीलाई करिअर काउन्सेलिङ गरेर प्रमाणपत्र दिने देखि करियरको मार्गवृत्तिको अवस्था देखाउदै उपलब्ध रोजगारीका अवसरमा सम्पर्क स्थापीत गर्ने एक्स्पोको लक्ष्य छ । त्यती मात्र नभएर एक्स्पोले आईएलओले विकास गरेको अन्तराष्ट्रिय पेशागत मापदण्डका आधारमा काम र कामदार खोजी सहजता प्रदान गर्न जबब्रिज पोर्टलको व्यवस्था गरेर डिजटल कनेक्ट हुने व्यवस्था मिलाउने तयारी गरेको छ ।

त्यसका लागि एक्स्पो आयोजक उद्योग संगठन मोरङले एक्स्पोमा रोजगार कोशी पेभिलियनको व्यवस्था गर्ने तयारी गरेको छ । त्यो पेभिलियन विशेष गरेर हातमा शैक्षीक प्रमाणपत्र र सीप बोकेर रोजगारीका लागि भौतारीएका युवा युवतीलाई दक्ष कामदार र कर्मचारीको खोजीमा रहेका रोजगारदाता उद्योगी व्यवसायीसँग भेट गराएर रोजगारका अवसर सृजना गर्नमा लक्षित हुने एक्स्पो आयोजक उद्योग संगठन मोरङको छ ।

विराटनगरमा अहिले सम्म नाफा मूलक औधोगिक र व्यापारिक मेला महोत्सव मात्र हुँदै आएको इतिहास छ । त्यो इतिहासलाई एक्स्पो आयोजक उद्योग संगठन मोरङले चिर्दै यस पटकदेखि डिजिटल कोशी ब्रिजिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट थिममा एक्स्पो आयोजना गर्दै छ ।

एक्स्पोले यसपटक विशेषगरी युवा युवतीहरुलाई उपयुक्त करिअर काउन्सेलिङ गरिनुपर्दछ भन्ने बिषयलाई मूख्यरुपमा प्रोमोट गर्ने प्रयत्न स्वरुप रोजगार कोशी पेभिलियनको व्यवस्था गरेको हो। यस पेभिलियनमा हस्पीटालिटी, आईटि र इलेक्ट्रिकलका क्षेत्रमा एक्स्पो अवधीमा १८०० जनालाई प्रत्यक्ष तालिम दिने, प्रमाण पत्र दिने, करियरको मार्गवृत्तीको अवस्था देखाउने, उपलब्ध रोजगारीका अवसरमा सम्पर्क स्थापित गर्ने कार्यक्रम रहेको छ ।

हस्पिटालिटी अन्तरगत वारिष्ठा र त्यस अन्र्तगत कफि बनाउने तालिम, आईटिमा सिसिटिभी बनाउने र इलेक्ट्रिोनिकमा मोबाईल मर्मतको तालिमका सबै पूर्वाधार सहित प्रत्यक्ष तालिम सञ्चालन गरिने छ । एक्स्पो अवधिमा हरेक दिन २ घण्टा अवधीको तालिम दिनहुँ ३ सिफ्टमा सञ्चालन गरिने छ । तालिमपछि प्रमाण पत्र सहित करियर ट्रि मार्फम आगामी दिनको करियरको बाटो देखाउने सचित्र प्रमाण पत्र पनि उपलब्ध गराईने छ । प्रत्येक दिन विज्ञहरुबाट करियर काउन्सेलिङको कक्षा लिइने व्यवस्था मिलाइने छ ।

एक्स्पोकै अवसरमा आयोजक उद्योग संगठनले तालिम लिएका प्रशिक्षार्थीहरुका लागि आईएलओले विकास गरेको अन्तराष्ट्रिय पेशागत मापदण्डका आधारमा काम र कामदार खोजी सहजता प्रदान गर्न जबब्रिज पोर्टल राखी डिजटल कनेक्ट हुने व्यवसथा मिलाउने छ ।

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ : सभापति बुढाथोकी

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ :...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:०८

रामेछाप । प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले पत्रकारले...