CG Electronics
IME Life
NIMB

डीएल अपलोडलाई ग्लोबल आईएमई बैंकको स्टार्टअप अवार्ड

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गरेको ग्लोबल आईएमई बैंकद्वारा प्रस्तुत एनवाईईएफ स्टार्टअप अवाड्र्स ४.० रूपमा सम्पन्न भएको छ ।

नेपाली स्टार्टअपहरूको नवप्रवर्तनात्मक भावना र उद्यमशील उत्कृष्टताको उत्सव स्वरूप आयोजित यस कार्यक्रमलाई काठमाडौँको ह्यात रेजेन्सी होटल, चाबहिलमा भएको थियो । उक्त कार्यक्रममा १५० भन्दा बढी विशिष्ट पाहुनाहरूको सहभागिता रहेको थियो ।

यस वर्षको विजेता डीएल अपलोडलाई रु. ४,००,००० नगद पुरस्कारसहित प्रतिष्ठित स्टार्टअप अवार्ड प्रदान गरियो । उपविजेताको रुपमा मेल्ट डाउनलाई रु. २,००,००० नगद पुरस्कार प्रदान गरियो भने खेतीपाती अर्गानिक्सले अडियन्स पिक अवार्ड जित्दै रु. १,००,००० प्राप्त ग¥यो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपहरूलाई आर्थिक वृद्धि र नवप्रवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिए । यस्तै प्राडा शिवराज अधिकारीले स्टार्टअपहरूलाई सफल बनाउन अनुकूल नीति निर्माणको आवश्यकता रहेको पनि औँल्याए ।

एनवाईईएफ काठमाडौँ च्याप्टरका अध्यक्ष अभिमन्यु गोल्छाले नेतृत्व गरेका थिए ।

सात उत्कृष्ट स्टार्टअपहरू
⁠डीएल अपलोड
मेल्ट डाउन
खेतीपाती अर्गानिक्स
ज्ञान बजार
ई–कागजपत्र
माच२० अर्बिटल्स
स्मार्टपालिक

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...