Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

विराट एक्स्पो २०२५: रोजगार कोशी पेभिलियनले वेरोजगार र रोजगारदाता बीच जमघट गराउँदै छ

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । माघ ११ देखि विराटनगरको डिग्री कलेजको मैदानमा सुरु हुने आठौ सस्करणको विराट एक्स्पोले रोजगारीको खोजीमा भौतारिएका युवा युवती र दक्ष कामदारको खोजीमा रहेका उद्योगी व्यवसायीलाई रोजगार कोशी पेभिलियनमा जमघट गराउने भएकाे छ ।

त्यो जमघटमा झण्डै दुई हजार युवायुवतीलाई करिअर काउन्सेलिङ गरेर प्रमाणपत्र दिने देखि करियरको मार्गवृत्तिको अवस्था देखाउदै उपलब्ध रोजगारीका अवसरमा सम्पर्क स्थापीत गर्ने एक्स्पोको लक्ष्य छ । त्यती मात्र नभएर एक्स्पोले आईएलओले विकास गरेको अन्तराष्ट्रिय पेशागत मापदण्डका आधारमा काम र कामदार खोजी सहजता प्रदान गर्न जबब्रिज पोर्टलको व्यवस्था गरेर डिजटल कनेक्ट हुने व्यवस्था मिलाउने तयारी गरेको छ ।

त्यसका लागि एक्स्पो आयोजक उद्योग संगठन मोरङले एक्स्पोमा रोजगार कोशी पेभिलियनको व्यवस्था गर्ने तयारी गरेको छ । त्यो पेभिलियन विशेष गरेर हातमा शैक्षीक प्रमाणपत्र र सीप बोकेर रोजगारीका लागि भौतारीएका युवा युवतीलाई दक्ष कामदार र कर्मचारीको खोजीमा रहेका रोजगारदाता उद्योगी व्यवसायीसँग भेट गराएर रोजगारका अवसर सृजना गर्नमा लक्षित हुने एक्स्पो आयोजक उद्योग संगठन मोरङको छ ।

विराटनगरमा अहिले सम्म नाफा मूलक औधोगिक र व्यापारिक मेला महोत्सव मात्र हुँदै आएको इतिहास छ । त्यो इतिहासलाई एक्स्पो आयोजक उद्योग संगठन मोरङले चिर्दै यस पटकदेखि डिजिटल कोशी ब्रिजिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट थिममा एक्स्पो आयोजना गर्दै छ ।

एक्स्पोले यसपटक विशेषगरी युवा युवतीहरुलाई उपयुक्त करिअर काउन्सेलिङ गरिनुपर्दछ भन्ने बिषयलाई मूख्यरुपमा प्रोमोट गर्ने प्रयत्न स्वरुप रोजगार कोशी पेभिलियनको व्यवस्था गरेको हो। यस पेभिलियनमा हस्पीटालिटी, आईटि र इलेक्ट्रिकलका क्षेत्रमा एक्स्पो अवधीमा १८०० जनालाई प्रत्यक्ष तालिम दिने, प्रमाण पत्र दिने, करियरको मार्गवृत्तीको अवस्था देखाउने, उपलब्ध रोजगारीका अवसरमा सम्पर्क स्थापित गर्ने कार्यक्रम रहेको छ ।

हस्पिटालिटी अन्तरगत वारिष्ठा र त्यस अन्र्तगत कफि बनाउने तालिम, आईटिमा सिसिटिभी बनाउने र इलेक्ट्रिोनिकमा मोबाईल मर्मतको तालिमका सबै पूर्वाधार सहित प्रत्यक्ष तालिम सञ्चालन गरिने छ । एक्स्पो अवधिमा हरेक दिन २ घण्टा अवधीको तालिम दिनहुँ ३ सिफ्टमा सञ्चालन गरिने छ । तालिमपछि प्रमाण पत्र सहित करियर ट्रि मार्फम आगामी दिनको करियरको बाटो देखाउने सचित्र प्रमाण पत्र पनि उपलब्ध गराईने छ । प्रत्येक दिन विज्ञहरुबाट करियर काउन्सेलिङको कक्षा लिइने व्यवस्था मिलाइने छ ।

एक्स्पोकै अवसरमा आयोजक उद्योग संगठनले तालिम लिएका प्रशिक्षार्थीहरुका लागि आईएलओले विकास गरेको अन्तराष्ट्रिय पेशागत मापदण्डका आधारमा काम र कामदार खोजी सहजता प्रदान गर्न जबब्रिज पोर्टल राखी डिजटल कनेक्ट हुने व्यवसथा मिलाउने छ ।

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:१९

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता...

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा विस्तार र विश्वसनीयता नै हाम्रो आधार’

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:११

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष शर्माले स्थायित्व र विश्वसनीयतामा जोड दिए

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:०३

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे : ‘डिजिटल रूपान्तरण नै हाम्रो प्रमुख प्राथमिकता’

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे :...

वि.सं.२०८२ मंसिर १ सोमवार १९:४९

  काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव आइतबार...

देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ : मीन बहादुर गुरुङ

देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा...

वि.सं.२०८२ मंसिर १ सोमवार १८:२६

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम व्यवसायी मीनबहादुर गुरुङले...