CG Electronics
IME Life
NIMB

डल्फिन पोलिप्लास्टलाई नेपाल गुणस्तर प्रमाण पत्र प्रदान पीभीसी पाइप उत्पादनमा विशेषज्ञता

NIMB
Himalayan Bank

 

७ फागुन २०८१, काठमाडौं । डल्फिन पोलिप्लास्ट इन्डस्ट्रीज प्रा.लि.ले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । पीभीसी पाइप उत्पादनमा विशेषज्ञता हासिल गरेको प्रमाणका आधारमा डल्फिनलाई सो प्रमाणपत्र प्रदान गरिएको हो ।

डल्फिन पोलिप्लास्टले गुणस्तर, नवीनता, र ग्राहक सन्तुष्टिलाई आफ्नो प्रमुख लक्ष्य मानेर काम गर्दै आएको कम्पनीले जानकारी दिएको छ । कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार, डल्फिनलाई दिइएको नेपाल गुणस्तर प्रमाणपत्रले कम्पनीको उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना भएको पुष्टि गर्दछ ।

कम्पनीका प्रमुख उत्पादनहरूमा सी पीभीसी पाइप, सी पीभीसी फिटिङ, यू पीभीसी पाइप, यू पीभीसी फिटिङ, भूमिगत पाइप, र बोरवेल पाइपहरू समावेश रहेका छन् । यी उत्पादनहरू आवासीय, व्यावसायिक, अस्पताल, होटल, र सिँचाइ लगायत विभिन्न क्षेत्रमा प्रयोग हुँदै आइरहेका छन् ।

डल्फिन पोलिप्लास्ट, स्थापनाकाल देखि नै आफ्ना आदर्णिय ग्राहकहरूको विश्वास र सन्तुष्टिलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहेको छ । नेपाल गुणस्तर प्रमाणपत्र प्राप्तिले कम्पनीलाई गुणस्तरलाई थप सुदृढ गर्दै अघि बढ्न प्रेरित गरेको कम्पनीको भनाइ छ ।

कम्पनीको कारखाना मोरङ जिल्लाको ग्रामथान–२ मा अवस्थित छ भने दर्ता कार्यालय विराटनगर–५ मा रहेको छ ।

थप जानकारीका लागि कम्पनीको वेबसाइट https://dolphinpolyplast.com/

 

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...