CG Electronics
IME Life
NIMB

नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाले पूर्वअध्यक्षहरूसँग छलफल

NIMB
Himalayan Bank

 

ललितपुर । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रलाई सुव्यवस्थित रूपमा अगाडि बढाउने उद्देश्यले प्राधिकरणका पूर्वअध्यक्षहरूसँग छलफल गर्नुभएको छ। यस कार्यक्रममा पूर्वअध्यक्ष माधव प्रसाद उपाध्याय, देवेन्द्र प्रताप शाह र प्रा.डा. फत्तबहादुर के.सी.ले सहभागिता जनाउनुभयो।

छलफलको क्रममा पूर्वअध्यक्षहरूले बीमा ऐन र नियमले प्राधिकरणको नेतृत्वलाई बलियो बनाएको बताउँदै संस्थाको प्रतिष्ठा उच्च बनाउन निडर र इमान्दारितापूर्ण कार्य गर्न आग्रह गरे। उनीहरूले नियामकीय भूमिकालाई सशक्त बनाउने, राजनीतिक हस्तक्षेप रोक्ने, बीमा कम्पनीहरूलाई अनावश्यक कार्यबाट टाढा राख्ने, र अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्ने जस्ता सुझावहरू दिए।

अध्यक्ष ओझाले विगतका राम्रा अभ्यासहरूलाई निरन्तरता दिँदै बीमा क्षेत्रलाई सुव्यवस्थित, नियमित र स्वच्छ प्रतिस्पर्धी बनाउने प्रतिवद्धता व्यक्त गरे। उनले पूर्वअध्यक्षहरूबाट प्राप्त अनुभवलाई मार्गदर्शक मानेर अगाडि बढ्ने बताउनुभयो।

यस कार्यक्रममा प्राधिकरणका निर्देशक सुशील देव सुवेदी, कमल प्रसाद रेग्मी र उपनिर्देशकहरूको पनि सहभागिता रहेको थियो।

खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १०० रुपैयाँसम्म क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १००...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५६

  काठमाडौं। आइएमई खल्ती लिमिटेडले डिम्याट तथा मेरोशेयर खाता नवीकरण...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि एचभ(इधलभम भ्ख् कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:५२

काठमाडौँ, नेपाल – एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका...

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४६

  काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीहरूले...

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४३

काठमाडौं । ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस)...

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४ नयाँ सिंगल डोर फ्रिज सार्वजनिक

सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४...

वि.सं.२०८३ साउन १५ शुक्रवार ०७:४०

  काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम...

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...