CG Electronics
IME Life
NIMB

नेपाली बजारमा लन्च भयो विद्युतीय एमजी एस ५

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । एमजीको बहुप्रतिक्षित विद्युतीय एसयूभी एस ५ नेपाली बजारमा लन्च भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एस५ लन्च गरेको हो ।

तीन भेरिएन्टमा उपलब्ध एमजी एस५ को मूल्य ४३ लाख ९९ हजार, ४९ लाख ९९ हजार र ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले यसअघि भन्सार प्रयोजनका लागि यसको मूल्य ४७ लाख देखि ५८ लाखसम्म निर्धारण गरेको थियो ।

यसमा विश्वकै सबैभन्दा पातलो अल्ट्रा थिन ब्याट्री प्रयोग गरिएको छ । इन्ट्री लेभल मोडलमा ४९.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३४० किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ ।

त्यसैगरी अर्को भेरिएन्टमा ६२.२ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा ४३० किलोमिटरको रेन्ज दिन्छ । एस५ मा १२.८ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र माथिल्लो भेरिएन्टमा प्यानोरामिक सनरुफ लगायतका विशेषता छन् । यसमा ९९ किलोवाटको मोटर छ ।

स्केलेबल मोडुलर प्लेटफर्ममा बनेको एमजी एस५ मा रियर ह्विल ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन लगायतका विभिन्न फिचर छन् । यी सबैका कारण ह्यान्डलिङ, स्टेबिलिटी र कम्फर्टमा सहजता थपिएको छ । स्मुद र डाइनामिक राइडका लागि यो सेगमेन्टमै पहिलो पटक सस्पेन्सन सेटअप विकास गरिएको छ ।

एमजी एस५ ईभीले ७.१ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको टप स्पिड १७५ किलोमिटर प्रतिघण्टा छ ।

 

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...