CG Electronics
IME Life
NIMB

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपिओ (प्रारम्भिक सार्वजनिक निष्काशन) को बाँडफाँड शुक्रबार सम्पन्न भएको छ। एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त कम्पनीले प्रति शेयर रु. १०० को दरमा १८ लाख ४५ हजार साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। यसको लागि आवेदन मिति २०८१÷११÷११ देखि २०८१÷११÷१५ सम्म खुल्ला गरिएको थियो।

यस अवधिमा सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत कुल १८ लाख १७ हजार १४८ जना आवेदकबाट २ करोड २४ लाख ४६ हजार ३५० कित्ता शेयरका लागि आवेदन प्राप्त भएको थियो। तर, १०,३८६ जना आवेदकबाट १ लाख ७१ हजार ९६० कित्ता शेयरका लागि रितपूर्वक आवेदन नरहेकाले उक्त आवेदनहरू रद्द गरिएको छ। यसरी जम्मा १८ लाख ६ हजार ७६२ जना आवेदकलाई गोलाप्रथा मार्फत मिति २०८१÷११÷२३ गते बिहान ८:३० बजे शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयर मध्ये १० प्रतिशत (२ लाख २५ हजार कित्ता) नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई, ३ प्रतिशत (६७ हजार ५ सय कित्ता) कम्पनीका कर्मचारीहरूलाई र ५ प्रतिशत (१ लाख १२ हजार ५ सय कित्ता) सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिसकेपछि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो।

यसरी नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपिओ प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन, विश्वस्तरीय डिजाइन अब नजिकै

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन,...

वि.सं.२०८३ असार ९ मंगलवार २१:३१

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो रिटेल नेटवर्क विस्तार...

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...