CG Electronics
IME Life
Ncell NPL

कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त मेला २०८१ सम्पन्न

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री माननीय बाहादुर सिंह लामाको प्रमुख आतिथ्यमा कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त मेला २०८१ भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा मुख्यमन्त्री लामाले विद्यालयको शैक्षिक प्रगतिमा प्रशंसा व्यक्त गर्दै विद्यार्थीहरूको सिर्जनात्मक प्रस्तुतिलाई उच्च मूल्यांकन गरे। उनले शिक्षाको महत्त्वमा जोड दिँदै विद्यार्थीहरूलाई उज्ज्वल भविष्य निर्माण गर्न प्रेरित गरे।


यसैगरी कार्यक्रमका सभापति कौटिल्य ग्लोबल स्कूल एजुकेसन फाउन्डेसनका अध्यक्ष नारायण काफ्लेले सबै उपस्थित अतिथिहरूलाई स्वागत गर्दै विद्यालयको उपलब्धिहरू बारे जानकारी गराए। विशिष्ट अतिथि बागमती प्रदेश सभा सदस्य सुनिल केसी र सुना परियारले विद्यालयको प्रयासलाई प्रशंसा गर्दै निरन्तर शिक्षाको गुणस्तर सुधार्न आवश्यक रहेको बताए।

यसैगरी कार्यक्रममा कौटिल्य ग्लोबल स्कूलका प्राचार्य बिडि निरौलाले सबै अतिथिहरूलाई धन्यवाद ज्ञापन गरे। उनले मुख्यमन्त्री बाहादुर सिंह लामाको उपस्थितिलाई विद्यालयका लागि ऐतिहासिक क्षणको रूपमा लिँदै भविष्यमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरू आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे।


कार्यक्रममा एकीकृत उपभोक्ता समितीका अध्यक्ष उज्ज्वल केसी,पूर्व अरनिको यातायात समितीका अध्यक्ष केदार क्षेत्री र नेपाली काङ्ग्रेसका यूवा नेता अर्जुन पराजुली लगाएतले आ-आफ्ना धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, नृत्य, गीत, कविता वाचन, नाटक तथा अन्य सृजनात्मक गतिविधिहरू आयोजना गरेका थिए। यसले विद्यार्थीहरूलाइ प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरेको थियो। विद्यालयले कार्यक्रममा बिज्ञान प्रदर्शनी ,पुस्तक प्रदर्शनी र फुड स्टलको पनि आयोजना गरेको थियो।

कार्यक्रममा उल्लेख्य मात्रामा बिद्यार्थी भाइबहिनी र अभिभावकको सहभागी रहेको थियो।
कार्यक्रमको सञ्चालन विद्यालयका डाइरेक्टर टि. एन. भट्ट विश्वामित्रले गरेका थिए।

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्याइने

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०८:४८

  काठमाडौं । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा...

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०८:४५

  काठमाडौं । नेपाल सरकारको बजेट विनियोजन यथार्थपरक हुन नसक्दा...

आशिष बिष्टले एकैसाथ सात विश्व कीर्तिमान कायम, शैक्षिक क्षेत्रमा ऐतिहासिक उपलब्धि

आशिष बिष्टले एकैसाथ सात विश्व कीर्तिमान कायम,...

वि.सं.२०८३ वैशाख १५ मंगलवार १४:०४

  काठमाडौं। नेपाली मूलका आशिष बिष्टले शैक्षिक क्षेत्रमा अभूतपूर्व सफलता...

५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ को सफल आरोहण

५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:१५

  काठमाडौं । काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खलाभित्र...

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:०८

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय...

सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय बस्तीमाथि विभेदपूर्ण व्यवहार गरिरहेको हर्क राइको आरोप

सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:००

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)...