CG Electronics
IME Life
NIMB

नवदुर्गा टोल सुधार सेवा समाजको छैठौं साधारण सभा सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमान्डाै। कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर सात स्थित नबदुर्गा टोलको प्राङ्गणमा नवदुर्गा टोल सुधार सेवा समाजको छैठौं साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ।

पानसमा बत्तीबालेर उद्घाटन गरिएको साधारण सभाका प्रमुख अथिति कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर सातका वडाअध्यक्ष भिमसेन थापा,कार्यक्रमको सभापति नवदुर्गा टोल सुधार सेवा समाजका अध्यक्ष गोबिन्दबहादुर भट्टराई,विशिष्ट अतिथिहरुमा माननीय न्यायाधीश डा.पर्शुराम भट्टराई र माननीय फडेश्वोरी घिमिरे भट्टराई,अतिथिहरु गृह मन्त्रालयका उपसचिव डाेेरेन्द्र निरौला,यूवा उद्धमी चन्द्र केसी , इको कनेक्सन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिताराम तिमल्सिना,खोटाङ हलेसी सेवा समाजका अध्यक्ष ईन्दा थापा,वैदेशिक रोजगार संघका सचिब कर्णराज कटुवाल,टोलकै जेष्ठ नागरिक दुर्गा प्रसाद चौलागाईं लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

साधारण सभामा उपस्थित अतिथिहरुलाइ संस्थाको तर्फबाट खादा र ब्याज बितरण गरि सम्मान गरिएको थियो। यसैगरी साधारण सभामा नवदुर्गा टोल सुधार सेवा समाजका उपाध्यक्ष गोरखराज ओझाले स्वागत मन्तब्य राखेका थिए।

साधारण सभामा गृह मन्त्रालयका उपसचिव डाेेरेन्द्र निरौला संयोजक ,राजन कुमार कार्की र जगदीश काफ्ले सदश्य रहेको निर्वाचन कमिटीले नवदुर्गा टोल सुधार सेवा समाजको छैटौं नयाँ कार्यसमिति निर्विरोध चयन गरेको थियो। यसलाई साधारण सभामा उपस्थित भएकाहरुले ताली बजाएर स्वागत गरेका थिए।

छैटौं नयाँ कार्यसमितिमा अध्यक्ष गोबिन्दबहादुर भट्टराई,उपाध्यक्ष गोरखराज ओझा, सचिव पर्शुराम अधिकारी,सहसचिव तुलसा कार्की,कोषाध्यक्ष रुद्र प्रसाद चौलागाईं,सदश्यहरु बाल कुमारी फुयाल,दिपक शाह,मान बहादुर कार्की ,निरुपा देवी दाहाल,साधना केसी,सृजना कार्की,रुवि रोक्का र दुर्गा देवी बिष्ट रहेका छन् ।

त्यस अघि साधारणसभाले निवर्तमान कोषाध्यक्ष महेन्द्र थपलियाले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदनलाई छलफल गरी पारित गरेको थियो।
साधारणसभाले टोल सुधारका लागि नयाँ कार्ययोजना सहितका महत्वपूर्ण प्रस्ताबहरु माथी पनि छलफल गरेको थियो।

साधारण सभामा टोलबासिको उल्लेख्य उपस्तिथि रहेको थियो। यसैगरी साधारणसभाले सल्लाहकारमा निवर्तमान कोषाध्यक्ष रहेका महेन्द्र थपलियालाइ सर्वसम्मत चयन गरेको थियो।

कार्यक्रमको संचालन नवदुर्गा टोल सुधार सेवा समाजका सचिव पर्शुराम अधिकारीले गरेका थिए।

Himalayan Literature Festival & Writers’ Workshop 2026 in collaboration with Ncell Foundation set to bring global literary voices to Kathmandu, Nepal

Himalayan Literature Festival & Writers’ Workshop 2026...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३६

Kathmandu–The organisers of the Himalayan Literature Festival & Writers’ Workshop...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...