CG Electronics
IME Life
NIMB

वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन् : मन्त्री भण्डारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशीक रोजगारमा गएका नेपालीले सिकेका सीप, श्रम र पुँजीलाई स्वदेश भित्र्याउनुपर्ने बताएका छन् ।

काठमाडौं टेक्नीकल स्कुलको उद्घाटन समारोहमा बोल्दै उनले वैदेशिक रोजगारीबाट फर्केर आएका मानिसलाई नफर्कने वातावरण तयार गर्नुपर्ने भन्दै यस्तो बताएका हुन् ।

उनले भने,‘अब सोच्ने भनेको दश वर्षमा दश लाख जनशक्ति तयार गर्ने मात्र होइन । दश वर्षमा वैदेशिक रोजगारमा गएका नेपालीले सिकेका सीप, श्रम र पुँजीलाई मुलुकमा ल्याएर कसरी विकास निर्माण गर्ने भन्ने कुरा सबैभन्दा पहिलो प्राथमिकता हो । जाने मान्छे जाँदै गर्छन तर फर्केर आएका मानिसलाई नफर्कने वातावरण तयार गर्न यो दश वर्ष हामीले लिन खोजेको छौं ।’

उनले थप अगाडि भने,‘वैदेशिक रोजगारबाट फर्केलाई स्वदेशमा उद्यमशिलता छ, पुँजीको कमि हुँदैन र कामको कमी हुँदैन भन्ने विश्वास चाँही दिलाउन सक्नुपर्छ । यो विश्वास सरकारले होइन निजी क्षेत्रले दिलाउँछ ।

त्यसैले नीजि क्षेत्रसँग सहकार्य गरेको हौ ।’यस्तै, नेपाल उद्योग वाणिज्य संघको अध्यक्ष चन्द्र ढकालले वैदेशिक रोजगारबाट आउने रेमिट्यान्स्लाई बढाउने उद्देश्यले काम गरिरहेको बताए । उनले नेपालको गरिबी घटाउने महत्वपुर्ण स्रोत रेमिट्यान्स् भएको पनि बताए ।

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ : सभापति बुढाथोकी

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ :...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:०८

रामेछाप । प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले पत्रकारले...