CG Electronics
IME Life
NIMB

ईशान हस्पिटल १० बर्षमा देशकै गौरव गर्ने अस्पताल बन्ने महिलामन्त्रीको दाबी ईशान हस्पिटलले सुरु गर्यो ‘मल्टी डिसिपिनरी क्लिनिक’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले राजधानीको टोखामा रहेको इशान बाल तथा महिला अस्पताल १० बर्षमा देशकै गौरव गर्ने अस्पताल बन्ने दाबी गरेका छन । शनिवार सो अस्पतालको मानसिक तथा शारिरीक अपागता भएका बालाबालिकाहरुको उपचार गर्ने उदेश्यले सुरु गरेको ‘मल्टी डिसिपिनरी क्लिनिक’ उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सुडीले सो बताएका हुन् ।

उनले पछिल्ला बर्षहरुमा फरक खालका विरामीहरुको संख्या बढीरहेको र सरकारी तबरमा त्यस्ता रोगको राम्रो उपचार हुन नसकिरहेको अवस्थामा अस्पतालको नयाँ सुबिधा तारिफयोग्य भएको बताए । त्यसैगरी कार्यक्रममा ०५२ सालमा स्थापना भएर अगाडी बढेको इशान बाल तथा महिला अस्पतालको सेवा सुविधा र गरेका कामहरुको बारेमा अस्पतालका कार्यकारी निर्देशक प्रा डा रामानन्द चौधरीले सविस्तार बताएका थिए ।

ईशान हस्पिटलले जन्मे देखि १८ बर्षसम्म उमेरका बालबालिकाहरुको सबै खालको रोगको उपचार सेवा आफुहरुले सुरु गरेको बताए । त्यसैगरी महिलाहरुको प्रसुती मात्र नभएर सवै खालका रोगहरुको सेवा सुरु गरिएको बताए । कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसि, निजी अस्पताल संघका अध्यक्ष डा पदम बहादुर खड्का लगायत विभिन्न क्षेत्रका महानुभावहरुको उपस्थीति रहेको थियो ।

०५२ सालमा नेपालकै पहिलो गैरसरकारी बाल अस्पतालबाट सेवा सुरु गरेको सो अस्पतालको अहिले टोखा ५ नं वडामा आधुनिक एवं वातावरणमैत्री भवनमा सरेको छ । २४ घन्टा नै पेडियाट्रिक विशेषज्ञ रजिष्टारहरुबाट नवजात तथा बालरोग, बाल सर्जरी, महिला तथा प्रसुती, हाडजोर्नी सम्बन्धमा आकस्मीक सेवाहरु, नवजात तथा बाल सघन उपचार सेवा, एम्बुलेन्स, प्याथोलोजी, अल्ट्रासाउन्ड, एक्सरे, फार्मेसी, क्यािन्टन सेवा समेत रहेको छ ।

अस्न्तराष्ट्रिय स्तरमा सेवा दिने प्रयास गरेको अस्पतालले विभिन्न समयमा विभिन्न नवजात बाल शल्यरोग तथा बाल युरोलोजी सम्बन्धी जटिल भन्दा जटिल शल्यक्रियाहरु भइरहेको अस्पतालले जनाएको छ । सो कारण नेपाल बाहिरबाट जस्तो युके, भारत, बंगलाशदेबाट पनि आएर बच्चाहरुको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । निकट भविष्यमै थप सेवाहरु विस्तार गरिने अस्पतालले बताएको छ ।

 

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...