CG Electronics
IME Life
NIMB

यती एअरलाइन्सका यात्रुहरूका लागि क्रोकोडाईल लगेज तथा ब्यागप्याक उपहार योजना

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । यती एअरलाइन्समा यात्रा गर्ने यात्रुहरूका लागि अब विशेष अफरको घोषणा गरिएको छ। यती एअरलाइन्सले क्रोकोडाईल लगेजसँगको सहकार्यमा यात्रुहरूलाई ५० प्रतिशतसम्मको आकर्षक छुट तथा विभिन्न उपहार योजना प्रदान गर्ने भएको छ।

फेब्रुअरी, मार्च र अप्रिल महिनामा यती एअरलाइन्सबाट यात्रा गर्ने यात्रुहरूले क्रोकोडाईल लगेज खरिदमा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। यात्रुहरूले आफ्नो बोर्डिङ पास क्रोकोडाईल लगेजका आधिकारिक आउटलेटमा पेश गरी यो अफरको लाभ उठाउन सक्नेछन्। अनलाइन खरिद गर्ने ग्राहकहरूले क्रोकोडाईल लगेज नेपालको आधिकारिक फेसबुक वा इन्स्टाग्राम पेजमार्फत अर्डर गर्न सक्नेछन्, जहाँ डेलिभरीको समयमा बोर्डिङ पास देखाएर छुट प्राप्त गर्न सकिन्छ। यो अफर सन् २०२५ को डिसेम्बर ३१ सम्म मान्य हुनेछ।

क्रोकोडाईल लगेजका आधिकारिक विक्रेता नेपालभर रहेका छन् भने यसको फ्ल्यागशिप स्टोर काठमाडौंको कान्तिपथ र ललितपुरको कुपण्डोलमा अवस्थित छन्। सन् १९४७ मा स्थापना भएको क्रोकोडाईल लगेज तथा ब्यागप्याक ब्रान्ड सन् १९९८ देखि नेपाली बजारमा निरन्तर उपलब्ध हुँदै आएको छ।

क्रोकोडाईल लगेजका निर्देशक वासु सर्राफका अनुसार, “गुणस्तरीय उत्पादन तथा उपभोक्ता सन्तुष्टिका लागि हामी सधैं समर्पित छौं। उपभोक्ताहरूलाई उत्कृष्ट उत्पादन सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यले यती एअरलाइन्सका यात्रुहरूका लागि विशेष छुटको व्यवस्था गरिएको हो।”

यती एअरलाइन्स र क्रोकोडाईल लगेजको सहकार्यमा हरेक हप्ता लक्की ड्र आयोजना गरिनेछ, जसमा भाग्यशाली यात्रुहरूले क्रोकोडाईल ब्यागप्याक जित्ने अवसर पाउनेछन्। साथै, प्रत्येक पन्ध्र दिनमा एक जना यात्रुलाई क्रोकोडाईल क्याबिन लगेज उपहारस्वरूप प्रदान गरिनेछ। यती एअरलाइन्सले लक्की ड्रमार्फत विजेता घोषणा गर्नेछ।

यस सहकार्यले यती एअरलाइन्सका यात्रुहरूलाई थप लाभ प्रदान गर्नुका साथै उनीहरूलाई उत्कृष्ट सेवाको अनुभव दिलाउने लक्ष्य राखिएको छ।

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा हुँदै

‘पिफन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि काठमाडौंमा...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१८

  काठमाडौं । नेपाल विद्युत् व्यवसायी महासंघको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स,...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१६

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण,...

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:१०

  काठमाडौं । रमेश कर्पअन्तर्गतको कम्पनी टेलि टक प्रालिले सानेपास्थित...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौं संस्करण जेठ १७ देखि हुने

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौं संस्करण जेठ...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:०६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो ३२औं वार्षिकोत्सवको अवसरमा...

एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगरस्थित दूधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगरस्थित दूधमती राष्ट्रिय प्राथमिक...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:०३

  काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत...

लक्ष्मी सनराइज क्यापिटल र जेनेसिस भेन्चर्सबीच आईपीओ निष्कासन व्यवस्थापन सम्झौता

लक्ष्मी सनराइज क्यापिटल र जेनेसिस भेन्चर्सबीच आईपीओ...

वि.सं.२०८३ जेठ १२ मंगलवार २१:००

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड र जेनेसिस भेन्चर्स लिमिटेडबीच...