CG Electronics
IME Life
NIMB

सीएनआई र एमच्याम नेपालद्वारा ‘टेक पीक नेपालः ओर्लान्डो २०२५’ को सफल आयोजना

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) को सहकार्यमा ‘टेक पीक नेपालः ओर्लान्डो २०२५’ सफलतापूर्वक सम्पन्न गरेको छ।

यो नेपालबाट अमेरिकामा आयोजना गरिएको पहिलो अन्तर्राष्ट्रिय रोडशो हो, जसले नेपाललाई आईटी–सम्बद्ध सेवा तथा आउटसोर्सिङका लागि एक प्रमुख गन्तव्यका रूपमा प्रस्तुत गरेको बताईएको छ।

सहभागीकाअनुसार, रोडशो अन्तर्गत नेपालका आईटी तथा आईटीईएस कम्पनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सहभागी गराउन आउटसोर्सिङ क्षेत्रको सबैभन्दा ठूलो भेला ‘सेयर्ड सर्भिसेस् एण्ड आउटसोर्सिङ वीक (एसएसओडब्लू) सम्मेलन २०२५’ मा एक विशेष नेपाल पवेलियन प्रस्तुत गरिएको थियो । नेपाल पवेलियनले नेपालका प्रमुख प्रविधि कम्पनीहरूलाई विश्वभरका लगानीकर्ता, उद्योग विज्ञ, तथा निर्णयकर्तासमक्ष चिनाउन सफल भयो।

नेपाल पवेलियनमा नेपालका छ ओटा अग्रणी प्रविधि कम्पनीहरू सक्छ, इनोभेट टेक, एफवान सफ्ट, सिमजुङ, सिनिकल टेक्नोलोजी, र मोनाल टेकले आफ्ना नवप्रवर्तन तथा आउटसोर्सिङ क्षमता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेका थिए। यी नेपाली कम्पनीहरू विश्वप्रसिद्ध प्रविधिमुखी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै नेपाललाई ठूलो लगानीका लागि तयार गन्तव्यका रूपमा स्थापित गरेको छ।

टेक पीक नेपालः ओर्लान्डो २०२५ मा नेपाली टोलीको नेतृत्व परिसंघ आईटी काउन्सिल सभापति एवं एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित शाहले गरेका थिए।

टेक पीक नेपालः ओर्लान्डो २०२५ ले अन्तर्राष्ट्रिय प्लाटफर्ममा महत्वपूर्ण उपलब्धी हासिल गरेको परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बताए। यस पहलमार्फत नेपालले अन्तर्राष्ट्रिय सूचना प्रविधि तथा आउटसोर्सिङ उद्योगमा विशाल सम्भावना प्रस्तुत गर्न सफल भएको उनले उल्लेख गरे। “यो सुरुवात हो, हामी नेपाललाई एक अग्रणी आईटीईएस हबका रूपमा स्थापित गर्न निरन्तर लागिरहनेछौं।”

एमच्याम नेपालका अध्यक्ष निर्मल काजी श्रेष्ठले परिसंघ र एमच्याम नेपालबीचको सहकार्यले नेपालको आईटीईएस क्षेत्रमा नयाँ आयाम स्थापित गरेको बताए।

एसएसओडब्लू सम्मेलन २०२५ मा एक हजार भन्दा बढी उद्योग विज्ञहरूको सहभागिता रहेको थियो, जसले नेपाली प्रविधि कम्पनीहरूलाई सम्भावित अन्तर्राष्ट्रिय ग्राहक, लगानीकर्ता, तथा रणनीतिक साझेदारहरूसँग सम्पर्क गर्ने अभूतपूर्व अवसर प्रदान गरेको परिसंघको विश्वास छ।

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...