CG Electronics
IME Life
NIMB

‘एमआरपी लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न मिल्दैन्’

NIMB
Himalayan Bank

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक कुमार प्रसाद दाहालले बजार अनुगमनका क्रममा अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न नमिल्ने बताएका छन् ।

उनले राम्रो काम गर्नेलाई ‘आतङकारी’ र नगर्नेलाई ‘चोर’ भनिदिने प्रबृत्तिलाई हटाउन आग्रह गरे ।
मंगलबार नेपाल राष्ट्रिय व्यवसायी महासंघसँगको छलफलमा बोल्दै उनले अनुगमनका क्रममा जाँदा कर्मचारीहरुलाई व्यवसायीहरुले ‘आतङकारी’को रुपमा लिने गरेको भन्दै यसरी नबुझिदिन आग्रह गरेका हुन् ।

उनले भने, ‘बजारमा अनुगमनका क्रममा सरकारी निकायका प्रतिनिधिलाई कसैको पसल, उद्योग, घर वा व्यवसायिक क्षेत्रमा जाँदा आतंककारीका रुपमा बुझिदिनुहोला । हामी यहाँहरुले नियुक्ति गरेका कर्मचारी हौं । हाम्रा कमीकमजोरी केही छन् भने भनिदिनुहोला ।

सरकारी कर्मचारीहरुलाई काम नगर्ने, अल्छी कर्मचारी, चोर, फटाहा, घुसिया भन्छौ, काम गरे आतङकारी भन्छौ । विगार्न त हामी सबैले माथिदेखि तलसम्म विगारेका छौ । कोहीपनि अछुतो छैनौं ।’

उनले अनुगमनका क्रममा पुलिस, पत्रकार, उपभोक्ताकर्मी कसैलाई पनि नलाने भन्दै प्रेस विज्ञप्तिमार्फत जानकारी गराउने गरेको बताए । उनले प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँदा पनि बेइज्जत भए इज्जत हुने काम गर्नुस् भन्दै आक्रोश पोखे ।

‘हामीले अनुगमनका क्रममा पुलिस, पत्रकार लगेका छैनौं । छ भने मलाई भन्नुस् । अनुगमनमा उपभोक्ता अधिकारकर्मी पनि जानुभएको छैन् । त्यो कानूनमा पनि छैन् । कर्मचारीहरु नै जानुहुन्छ । प्रेस विज्ञप्ति (रिलिज) निकाल्छौ ।

प्रेस रिलिजमा निकालेर जानकारी गराउँदा पनि केही साथीहरुलाई बेइज्जत भए इज्जत हुने काम गर्नुस् न । मेरो जवाफ यदि हो । काम गर्नेलाई आतंङकारी भन्दिने, काम नगर्नेलाई चोर भन्दिने प्रवृतिलाई आजैदेखि हटाइदिनु होला । त्यसपछि मात्र हामी सफल बन्छौ,’ उनले भने ।
यसैगरी उनले एमआरपीमा उद्योगी र आयातकर्ताको वाहेक अरुको अधिकार नभएको भन्दै यदि भए त्यो स्पष्ट रुपमा चोरी गरेसरह हुने बताए ।

‘एमआरपी दुई प्रकारको हुन्छ । एउटा उद्योगीको एपआरपी अर्को आयातकर्ताको एमआरपी, तेस्रो एमआरपी नैं हुँदैन । यदी एमआरपी हुन्छ भने उ आयातकर्ता हुनैपर्यो, उद्योगी हुनैपर्यो । तेस्रोको एमआरपी हुँदैन् । त्यो अधिकार कानूनले दिंदैन । अधिकारले नदिएको काम गर्नु भनेको चोरी हो ।’

 

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...