CG Electronics
IME Life
NIMB

प्रदेशस्तरीय निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा शिक्षा तथा साक्षरता प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको प्रदेशस्तरीय निबन्ध प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

प्राधिकरणको केन्द्रीय कार्यालय र छवटा प्रदेश कार्यालयहरूद्वारा प्राधिकरणको ५७औं बार्षिकोत्सवको अवसरमा आयोजित प्रदेशस्तरीय निबन्ध प्रतियोगिताका विजेता हरेक प्रदेशका एक–एकजना गरी ७ जना विजेतालाई प्रमाणपत्र र रू. बीस हजारका दरले नगद पुरस्कार प्रदान गरिएको छ ।

बागमती प्रदेशका विजेतालाई आइतबार केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा एक कार्यक्रमका बीच नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा कोशी प्रदेशबाट विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी धनराज शाह, मधेश प्रदेशबाट बीरगञ्जस्थित नेशनल एकेडेमी क्याम्पसका विद्यार्थी कविता कुमारी यादव र वागमती प्रदेशबाट भक्तपुरस्थित ख्वप कलेज अफ लका दिल बहादुर भण्डारी विजयी हुनुभएको छ ।

यसैगरी, गण्डकी प्रदेशबाट पोखरा विश्वविद्यालय, स्कुल अफ विजनेसका विद्यार्थी कुसुम क्षेत्री, लुम्बिनी प्रदेशबाट रूपन्देहीस्थित बुटवल कालिका क्याम्पसका विद्यार्थी निरा अधिकारी, कर्णाली प्रदेशबाट सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय, शिक्षाशास्त्र संकायका विद्यार्थी तारा कुमारी मल्ल र सुदूरपश्चिम प्रदेशबाट धनगढीस्थित कैलाली बहमखी क्याम्पसका विद्यार्थी दिव्या पन्त निबन्ध प्रतियोगितामा विजयी हुनुभएको छ ।

‘गरीबी न्युनीकरण तथा देशको आर्थिक विकासमा बीमाको महत्व’ शीर्षकमा आयोजित प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा देशका विभिन्न क्याम्पसहरूमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूबाट गरी जम्मा ८९ वटा निबन्ध प्राप्त भएका थिए ।

यस्ता प्रतियोगिताको माध्यमबाट जोखिम व्यवस्थापनको महत्वपूर्ण औजारका रूपमा रहेको बीमाप्रति विद्यार्थीलाई जागरूक बनाउन तथा बीमा शिक्षा एवम् साक्षरता प्रवद्र्धन गर्न सघाउ पुग्ने विश्वास लिइएको छ ।

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन, विश्वस्तरीय डिजाइन अब नजिकै

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन,...

वि.सं.२०८३ असार ९ मंगलवार २१:३१

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो रिटेल नेटवर्क विस्तार...

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...