CG Electronics
IME Life
NIMB

विद्याल शिक्षामै गणतन्त्र-लाेकतन्त्रबारे पढाउनुपर्छ : महासचिव पाेखरेल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेकपा (एमाले) महासचिव शंकर पाेखरेलले विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउनुपर्ने बताउनु भएको छ । पार्टीका सबै विभागका सबै सदस्यहरूको विस्तारित भेला/बैठकलाई सम्वाेधन गर्दै उहाँले यस्तो बताउनु भएको हाे ।

उहाँले गणतन्त्र प्राप्तिपछि केही पनि भएको छैन भन्ने भ्रम चिर्नलाई पनि गणतन्त्र प्राप्तिपछि सामाजिक, सास्कृतिक, आर्थिक, विकास निर्माण, शैक्षिकलगायतका क्षेत्रमा भएका उपलब्धिबारे जानकारी गराउन र नयाँ पुस्तालाई सूसुचित गराउन पनि विद्यालय शिक्षामा गणतन्त्र र यस्काे उपलब्धिबारे पढाउनुपर्नेमा उहाँकाे जाेड थियाे ।

गणतन्त्रपछि जन्मिएका बच्चाहरूले बलिदानीपूर्ण सङ्घर्षबाट लाेकतन्त्र-गणतन्त्र स्थापना भएको हाे भन्ने जानकारी दिनका लागि पनि विद्यालय शिक्षामै लाेकतन्त्र र गणतन्त्रबारे पढाउनु पर्ने पनि उहाँले उल्लेख गर्नुभयाे ।

उहाँले त्यहाँ सम्बाेधन गर्दै संविधान संशोधन गरेर भए पनि नागरिकस्तरमै उत्सवका रुपमा लाेकतन्त्र-गणतन्त्र दिवस मनाउनु पर्नेमा पनि जाेड दिनुभयाे । याे पटक एमालेले गणतन्त्र दिवसलाई जेठ १५ मा जनताको उत्सवको दिनका रुपमा मनाउने तयारी गरेकाे पनि उहाँले उल्लेख गर्नुभयाे ।

महासचिव पाेखरेलले लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधिहरु जनताको सम्प्रभुताका विरुद्धका अर्थात जनताका विरुद्धका गतिविधिहरु हुन् भन्ने कुरामा आम जनतालाई सचेत र जागरुक बनाउने अभियानमाका रुपमा पनि जेठ १५ लाई उत्सवका रुपमा मनाउन लागेकाे उल्लेख गर्नुभयाे ।

जेठ १५ मा मनाउने उत्सव कसैकाे विराेधमा लक्षित नभएको भन्दै उहाँले गणतन्त्र नेपाली जनताकाे भन्दै सबै भन्दा ठूलो उत्सव भएकाले जनताको विजयका रुपमा मनाउन लागेकाे जानकारी दिनुभयाे ।
उहाँले जनताकाे बलिदानी सङ्घर्षबाट प्राप्त लाेकतन्त्र, गणतन्त्र जाेगाउन पनि जनताले याे दिन हाम्रो दिन हाे भन्ने अनुभुति दिलाउनका लागि पनि एमालेले उत्सवका रुपमा झाँकीसहित मनाउन लागेकाे जानकारी दिनुभयाे ।

लाेकतन्त्रले के दियाे ? भनेर राजावादीहरुले चलाएका हल्लाले पनि समस्या भएको छ भन्दै त्यस्लाई चिर्नुपर्ने उहाँको भनाइ थियाे । लाेकतन्त्र जनताकाे शासन हाे भन्ने स्थापित गर्ने एमाले सबैभन्दा अग्रपङ्तिमा रहेकाे उहाँको भनाइ थियाे ।

राष्ट्रिय स्वाधीनता र रक्षाका लागि सबैभन्दा बढी खटिरहेकाे र सबैभन्दा बलियाे शक्ति पनि एमाले नै भएका कारण अहिले सबै भन्दा बढी प्रहार एमालेमाथि भ्रमपूर्ण र नियाेजित ढङ्गले भैरहेकाे उहाँले दाबी गर्नुभयाे । उहाँले एमालेकाे उज्यालो भविष्यमाथि भैरहेकाे प्रहारलाई सामना गर्नुपर्नेमा पनि जाेड दिनुभयाे ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...