विकास आनन्द नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त
Friday May 30, 2025
वि.सं.२०८२ जेठ १६ शुक्रवार २०:३९
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले प्रमुख संचालन अधिकृत (Chief Operating Officer) को रुपमा जिम्मेवारी सम्हाल्दै आउनुभएका श्री विकास आनन्दलाई नायब प्रमुख कार्यकारी अधिकृत (Deputy Chief Executive Officer) मा नियुक्त गरेको छ। बैंकका अनुसार उक्त नियुक्ति २०८२ साल जेठ १३ गतेदेखि लागू भएको हो।
श्री आनन्दले अब बैंकको नायब प्रमुख कार्यकारी अधिकृतसँगै प्रमुख संचालन अधिकृतको दोहोरो जिम्मेवारी समेत सम्हाल्नुहुनेछ। बैंकले उहाँको दीर्घ अनुभव र व्यावसायिक क्षमताका आधारमा यो महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको जनाएको छ।
नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३१ वर्षदेखि नेपाली वित्तीय क्षेत्रमा सेवा पुर्याउँदै आएको छ। हाल देशभर बैंकका १०० वटा शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ वटा एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।

























