CG Electronics
IME Life
NIMB

“डिशहोम ईन्टरनेट” को ब्रान्ड एम्बेसेडरमा दिव्या रायमाझी

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक डिशहोम ईन्टरनेटले प्रतिभाशाली तथा उदाउँदी नेपाली अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ।

ब्रान्ड एम्बेसेडर सम्झौता कार्यक्रम हालै DishHome को कर्पोरेट कार्यालय, भैंसेपाटी मा सम्पन्न भएको हो। उक्त सम्झौतामा डिशहोम ईन्टरनेटको तर्फबाट मुख्य बजार अधिकृत ( CMO ) श्री संजय प्रसाद राजभण्डारी र दिव्या रायमाझीले हस्ताक्षर गरे।

चलचित्र क्षेत्रको नयाँ पुस्ताबाट उदाउँदै गरेकी रायमाझीको ताजगीपूर्ण छवि, युवामाझको लोकप्रियता र डिजिटल यात्राप्रतिको सरोकारलाई डिशहोम ईन्टरनेटले आफ्नो ब्रान्ड दृष्टिकोणसँग आत्मसाथ गरेको हो।

हामी डिजिटल कनेक्टिभिटीलाई केवल प्रविधिमा सीमित नगरी, यो पुस्ताको प्रेरणासँग पनि जोड्ने प्रयासमा छौं। दिव्या रायमाझी युवाको आवाज, आत्मविश्वास र डिजिटल भविष्यको प्रतीक हुन्। उनीसँगको सहकार्यले हामीलाई नयाँ पुस्तासँग अझ सशक्त रुपमा जोड्न मद्दत पुर्‍याउनेछ।”

त्यस्तै, दिव्या रायमाझीले प्रतिक्रिया दिँदै भनिन् :

डिशहोम ईन्टरनेट जस्तो द्रुत गतिमा अगाडि बढिरहेको ब्रान्डको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि गौरवको विषय हो। यो सहकार्य केवल एउटा ब्रान्डसँगको सम्बन्ध मात्र होइन, लाखौं नेपालीसँगको डिजिटल यात्राको सुरुवात पनि हो।”

डिशहोम ईन्टरनेटले हाल ३ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई उच्चगतिको इन्टरनेट सेवा दिइरहेको छ र ” माई डिशहोम ” मोबाइल एपमार्फत ग्राहक सेवालाई थप स्मार्ट र सहज बनाएको छ।

यस सहकार्यमार्फत डिशहोम ईन्टरनेटले युवा पुस्तासँगको सम्बन्ध अझ सुदृढ गर्ने, र डिजिटल कनेक्टिभिटीलाई जनस्तरसम्म पुर्‍याउने दीर्घकालीन लक्ष्यलाई मजबुत बनाउने उद्देश्य लिएको छ।

 

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...