IME Life
NIMB

नेप्से परिसुचक २७ सय बिन्दु नजिक, एकै दिनमा साढे ९ अर्बभन्दा बढीको कारोबार

NIMB
Himalayan Bank

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि नेप्से परिसुचक निरन्तर वृद्धि हुँदै करीब २७ सय बिन्दु नजिक पुगेको छ ।

मंगलबार २८.९१ अंकले बढेर २६६०.३९ अंकमा पुगेर रोकिएको नेप्से यसदिन ३४.४२ अंकले बढेर २६९४.८२ अंकमा पुगेर रोकिएको हो । नेप्सेको वृद्धिसँगै आज रकममा पनि वृद्धि भएको छ । आज एकै दिनमा साढे ९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज कुल ३१७ स्टकको ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ रुपैयाँ बराबरको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता शेयर खरिद विक्री भएको छ । मंगलबार ३०९ स्टकको ७ अर्ब ३ करोड ३० लाख ५० हजार २८६ रुपैयाँ बराबरको १ करोड ५७ लाख ६४ हजार १ कित्ता शेयर मात्र खरिद विक्री भएको थियो । यस दिन सेन्सेटिभ इन्डेक्स आज ५.५२ अंकले बढेको छ । फ्लोट इण्डेक्स पनि २.५६ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.०९ अंकले बढेको छ ।

यस दिन ग्रिन डेभलप्मेन्ट बैंक, खानीखोला हाइड्रो पावर, नेपाल इन्स्योरेन्स कोअपरेटिभ लिमिटेड र गुराँस लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रिन डेभलप्मेन्ट बैंकको शेयर मूल्य १३७.८२ रुपैयाँले बढेर १५१६.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

खानीखोला हाइड्रो पावरको शेयर मूल्य ३९.३० रुपैयाँले बढेर ४३२.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, गुराँस लघुवित्तको शेयर मूल्य पनि ५७.४४ रुपैयाँले बढेर ६४२.३१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । आज धेरै कमाउनेमा सिन्धु विकास बैंक, कर्पोटेर विकास बैंक, प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स रहेका छन् ।

यस दिन साहस उर्जा लिमिटेड, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्टक्चर र विकास बैंक नाग्दी ग्रुप पावर कम्पनी र बरुण हाइड्रो पावरको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
यस दिन सबैभन्दा धेरै घाटा व्यहोर्नेमा विन नेपाल लघु वित्त, युनिर्भसल पावर कम्पनी, सिटिजन्स सुपर म्युचुअल फण्ड रहेका छन् ।

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम...

वि.सं.२०८३ साउन २० बुधवार १६:२७

  काठमाडौं । मनसुनका बादलहरूले देशभर ऊर्जा प्रवाह गरिरहेका बेला...

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश...

वि.सं.२०८३ साउन २० बुधवार ११:१८

  काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आर्थिक...

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई :...

वि.सं.२०८३ साउन २० बुधवार ०८:०८

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल : एक महिना पुग्ने ग्यास भएकाले लाइनमा नबस्न आग्रह

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल...

वि.सं.२०८३ साउन २० बुधवार ०७:४३

  काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा बढी खुद नाफा

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:१४

  काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...