CG Electronics
IME Life
NIMB

बजेट कर्मकाण्डीका रुपमा नभइ तथ्यपरक रुपमा आएको छ : अर्थमन्त्री पौडेल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको बताएका छन् ।

राष्ट्रिय सभाको बैठकमा सांसदहरुले राखेका प्रश्नहरुको उत्तर दिँदै अर्थमन्त्री पौडेलले बजेट तजबिज ढंगले होइन, प्रणाली अन्तर्गत निर्माण भएको जानकारी गराएका हुन् ।

उनले बजेट कर्मकाण्डीका रुपमा नभइ तथ्यपरक रुपमा आएको र संसदले पारित गरेपछि कार्यान्वयनमा जाने बताए ।

अर्थमन्त्री पौडेलले ऋणको दायरा असिमित नहोस् भनेर सरकार सचेत रहेको, उत्पादन र पूँजीगत खर्चमा सदुपयोगका लागि विशेष ध्यान दिने बताए ।

करको दायरा विस्तार, चुहावट नियन्त्रण, सूचना प्रविधिमा आवद्धता, राजस्व प्रशासनलाई प्रभावकारी लगायतका कार्य गरी राजस्वको लक्ष्य हासिल गर्ने अर्थमन्त्रीको भनाइ छ ।

नेपाल ग्रे लिष्टबाट बाहिर निस्कनु पर्ने, सम्पत्ति शुद्धिकरणमा ध्यान दिनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले विलासिता करमा थ्रेस होल्ड हटाइएको, सुनका गहना कारोबारमा संलग्न व्यवसायीहरुको गुनासोबारे छलफलमा रहेको र छलफलबाटै साझा निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री पौडेलले बजेट निर्माण प्रकृयामा सांसदहरुले दिएका सुझावहरुलाई पनि ख्याल गरिएको बताए ।

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:०५

काठमाडौं, नेपाल – ८ जुन २०२६ – हालै होटल भ्रमणका...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा नियन्त्रण : ८ करोडको क्षति

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा...

वि.सं.२०८३ जेठ २७ बुधवार १४:०९

  काठमाडौँ जिल्ला टोखा नगरपालिका– ५, बसुन्धारा स्थित सिद्ध बाबा...

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ पोर्ट्रेट्स’ सार्वजनिक

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ...

वि.सं.२०८३ जेठ २६ मंगलवार २२:०७

  काठमाडौँ । अस्ट्रियाकी सांस्कृतिक तथा सामाजिक मानवशास्त्री डा. गाब्रिएले...