Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेप्से परिसुचक २७ सय बिन्दु नजिक, एकै दिनमा साढे ९ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि नेप्से परिसुचक निरन्तर वृद्धि हुँदै करीब २७ सय बिन्दु नजिक पुगेको छ ।

मंगलबार २८.९१ अंकले बढेर २६६०.३९ अंकमा पुगेर रोकिएको नेप्से यसदिन ३४.४२ अंकले बढेर २६९४.८२ अंकमा पुगेर रोकिएको हो । नेप्सेको वृद्धिसँगै आज रकममा पनि वृद्धि भएको छ । आज एकै दिनमा साढे ९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज कुल ३१७ स्टकको ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ रुपैयाँ बराबरको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता शेयर खरिद विक्री भएको छ । मंगलबार ३०९ स्टकको ७ अर्ब ३ करोड ३० लाख ५० हजार २८६ रुपैयाँ बराबरको १ करोड ५७ लाख ६४ हजार १ कित्ता शेयर मात्र खरिद विक्री भएको थियो । यस दिन सेन्सेटिभ इन्डेक्स आज ५.५२ अंकले बढेको छ । फ्लोट इण्डेक्स पनि २.५६ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.०९ अंकले बढेको छ ।

यस दिन ग्रिन डेभलप्मेन्ट बैंक, खानीखोला हाइड्रो पावर, नेपाल इन्स्योरेन्स कोअपरेटिभ लिमिटेड र गुराँस लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रिन डेभलप्मेन्ट बैंकको शेयर मूल्य १३७.८२ रुपैयाँले बढेर १५१६.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

खानीखोला हाइड्रो पावरको शेयर मूल्य ३९.३० रुपैयाँले बढेर ४३२.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, गुराँस लघुवित्तको शेयर मूल्य पनि ५७.४४ रुपैयाँले बढेर ६४२.३१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । आज धेरै कमाउनेमा सिन्धु विकास बैंक, कर्पोटेर विकास बैंक, प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स रहेका छन् ।

यस दिन साहस उर्जा लिमिटेड, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्टक्चर र विकास बैंक नाग्दी ग्रुप पावर कम्पनी र बरुण हाइड्रो पावरको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
यस दिन सबैभन्दा धेरै घाटा व्यहोर्नेमा विन नेपाल लघु वित्त, युनिर्भसल पावर कम्पनी, सिटिजन्स सुपर म्युचुअल फण्ड रहेका छन् ।

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

वि.सं.२०८२ असार २९ आइतवार १२:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक...

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट पोइन्ट : राजधानीका करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट...

वि.सं.२०८२ असार २९ आइतवार ११:३०

काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो...

वि.सं.२०८२ असार २९ आइतवार ०९:४५

काठमाडौं । ४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत आयोजनाले निर्माण...

विकास हाइड्रोपावरको आईपीओ आज बिहान ९ बजे बाँडफाँट हुँदै, २ लाख ९४ हजार आवेदक भाग्यमानी बन्ने

विकास हाइड्रोपावरको आईपीओ आज बिहान ९ बजे...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३८

  काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले (असार २९) आईतबार...

जोशी हाईड्रोपावरको हकप्रद शेयर साउन १५ देखि निष्कासन, आवेदन भदौ ४ सम्म खुला

जोशी हाईड्रोपावरको हकप्रद शेयर साउन १५ देखि...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३२

काठमाडौ । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर आगामी साउन १५...

आजदेखि बुङ्गल हाइड्रोपावरको आईपीओ खुला, स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन

आजदेखि बुङ्गल हाइड्रोपावरको आईपीओ खुला, स्थानीय बासिन्दा...

वि.सं.२०८२ असार २९ आइतवार ०८:५४

  काठमाडौं । बुङ्गल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा...