पाकिस्तानको बौद्ध सम्पदाबारे नेपाली पुस्तक सार्वजनिक
Wednesday Jul 09, 2025
वि.सं.२०८२ असार २५ बुधवार २३:३८
काठमाडौं, ९ जुलाई २०२५ — पाकिस्तानका बौद्ध सम्पदाहरूको नेपाली पुस्तक “पाकिस्तानका बौद्ध सम्पदाहरु” (Pakistanka Boudha Sampadhaharu) को लोकार्पण कार्यक्रम आज पाकिस्तान दूतावासद्वारा आयोजित गरियो। पुस्तकका लेखक प्रख्यात विद्वान् श्री ओम चरण अमात्य हुन्।
कार्यक्रमका प्रमुख अतिथि सम्माननीय श्री भीम प्रसाद आचार्य, सांसद (सीपीएन–यूएमएल) रहनुभयो। विशिष्ट अतिथिहरूमध्ये म्यानमारका राजदूत महामहिम यू म्यो मिन्ट माउङ र श्रीलंकाका कार्यवाहक राजदूत सुश्री चमीरा मुनासिंघे उपस्थित थिए। साथै, विभिन्न धर्मगुरु, बौद्ध विद्वान, राजनीतिज्ञ, पत्रकार, नागरिक समाजका प्रतिनिधि, पाकिस्तान दूतावासका कर्मचारी तथा परिवारजनहरू कार्यक्रममा सहभागी भए। पाकिस्तानका विभिन्न विश्वविद्यालय र थिंक ट्याङ्कहरूले भने कार्यक्रम अनलाइनमार्फत सहभागी जनाए।
पाकिस्तानका लागि बौद्ध सम्पदा प्रवर्द्धनका राजदूत श्री ए. इमरान शौकतले पनि भर्चुअल रूपमा सम्बोधन गर्दै “पाकिस्तानको बौद्ध सम्पदा प्रवर्द्धन पहल”का बारेमा जानकारी गराए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद श्री आचार्यले सांस्कृतिक सम्पदालाई जन–जनबीचको सम्पर्कको महत्वपूर्ण आधारको रूपमा वर्णन गर्नुभयो। उहाँले नेपाल र पाकिस्तानबीचको बौद्ध सम्पदालाई साझा सम्पदा बताउँदै जनस्तरीय सम्बन्ध विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
पुस्तकका लेखक श्री ओम चरण अमात्यले पाकिस्तानमा अवस्थित विभिन्न बौद्ध तीर्थस्थलहरूप्रति प्रकाश पार्दै तिनको नेपालको धार्मिक, ऐतिहासिक र आध्यात्मिक सम्बन्धबारे जानकारी गराउनुभयो।
पाकिस्तानका नेपालका लागि राजदूत महामहिम अबरार एच. हाश्मीले पाकिस्तानले आफ्नो सांस्कृतिक सम्पदामा गर्व गर्ने उल्लेख गर्दै तिनको संरक्षण र प्रवर्द्धनमा पाकिस्तान कटिबद्ध रहेको बताउनुभयो। उहाँले लेखक अमात्यको योगदानको सराहना गर्दै यो पुस्तकले नेपाली पाठकहरूमा अध्ययन, शोध, तीर्थयात्रा र भ्रमणप्रतिको रुचि बढाउने आशा व्यक्त गर्नुभयो।
























