मङ्गलम पाइपद्वारा नेपालको पहिलो CPVC उत्पादन सुरु
Thursday Jul 17, 2025
वि.सं.२०८२ साउन १ बिहीवार १०:१४
काठमाडौँ । नेपालको पाइप तथा निर्माण सामग्री क्षेत्रको अग्रणी कम्पनी मङ्गलम पाइप (Dulund OG8li6h Pvt. Ltd.) ले देशमै पहिलो पटक CPVC पाइप तथा फिटिङ उत्पादन सुरु गरेको छ। कम्पनीले गोरखाको गण्डकी गाउँपालिकामा अवस्थित आधुनिक प्रविधि प्रयोग गरिएको उद्योगबाट उत्पादन सुरु गरेको जनाएको छ।
मङ्गलम पाइपले आफ्ना उत्पादनहरू आयातमा निर्भरता घटाउँदै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। कम्पनीले आफ्नो पाइप उत्पादनलाई स्वच्छ पानी आपूर्ति, घरायसी प्रयोजन, र औद्योगिक क्षेत्रमा उपयोगी हुने किसिमले तयार गरेको जनाएको छ।
कम्पनीका प्रवक्ताले भने, “हामीले स्वदेशी उत्पादनमार्फत मुलुकको आर्थिक वृद्धिमा टेवा पु¥याउने र आयात प्रतिस्थापनमा योगदान दिने लक्ष्य राखेका छौँ।” साथै, उनले पाइप निर्माणका लागि आवश्यक कच्चा पदार्थको आयात र त्यसको गुणस्तर परीक्षणमा विशेष ध्यान दिइएको बताए।
CPVC पाइप हालसम्म भारत लगायत अन्य मुलुकबाट आयात हुने गरेकोमा मङ्गलम पाइपको पहलले यस क्षेत्रमा आत्मनिर्भरता बढाउने विश्वास गरिएको छ। कम्पनीले गुणस्तरीय उत्पादन, उच्च सेवा सुविधा र उपभोक्ता सन्तुष्टि सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।
























