सानिमा बैंकको इ–कम भिसा कार्डमा अनलाइन टपअप सुविधा
Sunday Jul 20, 2025
वि.सं.२०८२ साउन ४ आइतवार ००:३३
काठमाडौं । सानिमा बैंकले इ–कम भिसा कार्ड प्रयोगकर्ताहरुका लागि अनलाइनमार्फत कार्डमा टपअप गर्न मिल्ने सुविधाको सुरुआत गरेको छ। इ–कम भिसा कार्ड डलरबाट भुक्तानीमा प्रयोग हुने कार्ड हो।
इ–कम भिसा कार्ड प्रयोगकर्ताहरुले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा युएसडी इ–कम भिसा कार्डमा टपअप गर्न सक्नेछन्।
ग्राहकहरुले सानिमा सजिलो इ–बैकिङ्ग एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेस अन्तर्गतको कार्ड सर्भिसबाट इ–कम अनलाइन पेमेन्टमा आफ्नो विवरणहरु राखेर टपअप गर्न सक्नेछन्।
ग्राहकहरुले बैंक खातामा रजिस्टर भएको मोबाइल नम्बर वा इमेल, बचत खाता नम्बर राखेर टपअपको प्रकिया अगाडि बढाउन सक्नेछन्। साथै, उक्त प्रकियाका लागि मोबाइल नम्बर वा इमेलमा प्राप्त भएको ओटिपी राखेपछि कार्डमा तुरुन्तै टपअप हुनेछ।
























