CG Electronics
IME Life
NIMB

ग्लोबल आइएमई क्यापिटलको म्युचुअल फण्ड बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

NIMB
Himalayan Bank

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको म्युचुअल फण्ड बाँडफाँड सम्पन्न भएको छ । क्यापिटलले असार २२ गतेदेखि असार २७ गतेसम्म सामूहिक लगानी कोष “ग्लोबल आइएमई समुन्नत योजना २” को इकाई सार्वजनिक गरेको थियो ।

ग्लोबल आइएमई बैंक लि. कोष प्रवर्द्धक तथा ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो योजनाको प्रति इकाई अंकित मूल्य रु.१०/- दरको १० करोड २० लाख इकाई निष्काशन गरिएको थियो । माग भन्दा अधिक इकाईको लागि आवेदन प्राप्त भएकोले इकाई संख्याको २५ प्रतिशतसम्म थप गरी इकाई बाँडफाँड गरिनेछ भन्ने व्यवस्था अनुसार योजनाको इकाई थप गरिएको छ ।

निष्कासित इकाई १२,००,००,००० को २५ प्रतिशत अर्थात ३,००,००,००० इकाई थप गरी १५,००,००,००० इकाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। बाँडफाँड गरिएको कूल १५,००,००,००० इकाई मध्ये १५ प्रतिशत इकाई बीज पूंजीको रुपमा बाँडफाँड गर्नुपर्ने व्यवस्था भएकोले सो मध्ये कोष प्रवर्द्धक कम्पनी ग्लोबल आइएमई बैंक लि. लाई १३.५० प्रतिशत अर्थात २,०२,५०,००० इकाई तथा योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लि. लाई १.५० प्रतिशत अर्थात २२,५०,००० गरी जम्मा २,२५,००,००० इकाई असार ३० गते बाँडफाँड गरिएको क्यापिटलले उल्लेख गरेको छ।

क्यापिटलका अनुसार बीज पूंजी बापत छुट्याइएको इकाई बाँडफाँड गरे पश्चात् बाँकि रहेको १२,७५,००,००० इकाई बाँडफाँड गर्ने प्रयोजनका लागि सिडिएस एण्ड क्लियरिङ्ग लि.को सि-आस्वा प्रणाली मार्फत ३५,८०२ वटा आवेदनहरुबाट १३,०९,३३,५१० इकाईका लागि आवेदन प्राप्त भएकोमा ती आवेदनहरुको आवश्यक रुजू तथा भेरिफिकेशन पश्चात् एवं सि-आस्वा प्रणालीको Duplicate Citizenship Report अनुसार २६ जना आवेदकहरुले ५२ वटा आवेदनहरु मार्फत ७५०० इकाईको लागि दिएको दोहोरो आवेदन रद्द गरी ३५,७५० जना आवेदकहरुबाट रीतपूर्वक प्राप्त भएको १३,०९,२६,०१० इकाई बाँडफाँड गरिएको छ । जस अनुसार ३५, ७५० जना आवेदकहरु मध्ये ३५,७४८ जना आवेदकहरुलाई निजहरुले माग गरे बमोजिम नै ११,०९,२६,०१० इकाई तथा २ जना आवेदकहरुलाई समानुपातिक रुपमा १,६५,७३,९९० इकाई गरी जम्मा १२,७५,००,००० इकाई बाँडफाँड गरिएको छ ।

निष्कासन तथा बिक्री खुल्ला भएको छैठौ दिनमा १० वर्षे अवधिको दोस्रो बन्दमुखी योजना “ग्लोबल आइएमई समुन्नत योजना-२ (Global IME Samunnat Yojana II) को लागि माग भन्दा अधिक संख्यामा आवेदन प्राप्त भई इकाईको आकारलाई पचीस (२५) प्रतिशतसम्म वृद्धि गरी बाँडफाँड गर्न सफलता मिलेको क्यापिटलले जनाएको छ।

उक्त बाँडफाँड नतिजा कोष प्रबर्द्धकको वेभसाइट www.globalimebank.com. कोष व्यवस्थापकको वेभसाइट www.globalimecapital.com र सिडिएस एण्ड क्लियरिङ्ग लि. को बेभसाइट www.iporesult.cdsc.com.np बाट हेर्न सकिने छ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...