CG Electronics
Ncell NPL
NIMB

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश, डिजिटल भुक्तानीलाई अझ सशक्त बनाउँदै

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश गरेको छ । सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ २८ वर्षअघि आजकै दिन शुरू भएको यस बैंकको अतुलनीय यात्रा यहाँसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै २८ औं वार्षिकोत्सव मनाउन गइरहेको छ ।

यस दौरानमा बैंकप्रति अनवरत रुपमा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहक महानुभावहरु, नियामक निकायहरू, सेयरधनी महानुभावहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति बैंकले अत्यन्त अनुगृहीत रहँदै सादर नमन एवं धन्यवाद व्यक्त गरेको छ ।

बैंकले भन्यो, ‘आजसम्म आइपुग्दा नेपालको वित्तीय क्षेत्रमा जति योगदान गर्न सफल भएका छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ । साथै, आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट गर्दछौं ।’

डिजिटल फष्ट बैंक बन्ने अभिप्रायले अग्रसर भइरहेकोमा आफ्नो भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै स्थापनाकालदेखि हालसम्म आइपुग्दा मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहित शाखा सञ्जालबाट लाखौं ग्राहक महानुभावहरुमाझ गतिशील बैंकिङ पार्टनरको रुपमा एनआईसी एसिया बैंक जोडिएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बंैकिङको अभ्यास गर्दै डिजिटल भुक्तानीलाई अझ सशक्त बनाउँदै वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत शाखा विस्तार गरी निर्वाध रुपमा बैंकिङ सेवा देशको कुनाकुनामा पु¥याउन एनआईसी एसिया बैंक सफल भएको छ ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

बिजबजारमा नयाँ वर्ष २०८३ को अवसरमा ८३ प्रतिशतसम्म छुट

बिजबजारमा नयाँ वर्ष २०८३ को अवसरमा ८३...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:४४

  काठमाडौँ । नेपाली ई–कमर्स प्लेटफर्म बिजबजारले नयाँ वर्ष २०८३...

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज सार्वजनिक

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज सार्वजनिक

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:४२

  काठमाडौं । नेपालका लागि पोकोको आधिकारिक विक्रेता टेलिटकले नेपाली...

सिटिजन्स बैंकको ‘डिजिटल मन्थ उत्सव’, बैशाखभर विभिन्न सेवामा आकर्षक छुट

सिटिजन्स बैंकको ‘डिजिटल मन्थ उत्सव’, बैशाखभर विभिन्न...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:३९

  काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको...

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना सार्वजनिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष २०८३ लक्षित...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:३३

  काठमाडौँ। महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ लाई...

रेड्मी ए–सेभेन  नेपाली बजारमा सार्वजनिक, मूल्य रु। १५,९९९

रेड्मी ए–सेभेन  नेपाली बजारमा सार्वजनिक, मूल्य रु।...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:२५

काठमाडौँ। विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीले नेपाली बजारमा आफ्नो नयाँ इन्ट्री–लेभल...