नाडा अटो शोमा जिली ईएक्स५ नेपालमा बिक्री सुरु, ३ लाख रुपैयाँ छुटसहित
Tuesday Aug 19, 2025
वि.सं.२०८२ भदौ ३ मंगलवार २२:३५
काठमाडौं । चीनको प्रमुख अटो निर्माता जिली अटो होल्डिङले उत्पादन गरेको जिली ईएक्स५ नाडा अटो शो २०२५ मा लन्च भएको छ। नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर मोटर्सले ईएक्स५ प्रो र म्याक्स मोडलको बिक्री सुरु गरेको छ।
सुरुवाती मूल्य अनुसार ईएक्स५ प्रो ५८ लाख र म्याक्स ६८ लाख रुपैयाँमा उपलब्ध भए पनि, नाडा अटो शो विशेष अवसरमा ३ लाख रुपैयाँ छुट दिइएको छ।
यी मोडलमा ६०.२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक, १६० किलोवाट मोटर र एकपटकको चार्जमा ५३० किलोमिटरको रेन्ज उपलब्ध छ। इन्टेरियरमा १५.४ इन्च टचस्क्रिन, १०.२ इन्च डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड र प्यानोरामिक सनरुफ जस्ता फिचर छन्।
सुरक्षाका लागि ६ एयरब्याग, एबीएस, ईबिडी, ईएससी, एईबी, ब्लाइन्ड स्पट मोनिटरिङ र हिल अशिष्ट सुविधा उपलब्ध छन्। साथै स्मार्ट यूआई र एपमार्फत गाडीको गति नियन्त्रण गर्न सकिने सुविधा पनि छ।

























