NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

अरोरा टेक अवार्ड २०२६: नेपाली महिला टेक उद्यमीका लागि आवेदन खुल्ला

NIMB
leapmotornepal (citroen)

काठमाडौं । महिला उद्यमीहरुलाई प्रविधि क्षेत्रमा सशक्त बनाउने उद्धेश्यले स्थापित अरोरा टेक अवार्ड २०२६ का लागि आवेदन खुला भएको छ। नेपाल लगायत विश्वभरका प्रविधिमा आधारित स्टार्टअपमा संलग्न महिलाहरुले यस अवार्डमा भाग लिन सक्नेछन्।

यो अवार्ड सन् २०२१ मा इनड्राइभले स्थापना गरेको हो। सुरुमा सानो पहलका रूपमा सुरु भए पनि अहिले यो अवार्ड महिला उद्यमीलाई प्रविधि क्षेत्रमा जोड्ने र अगाडि बढाउने ठुलो प्लेटफर्म बनिसकेको छ। गत वर्ष २०२५ को संस्करणमा ११६ देशका २,०१८ महिलाहरुले आवेदन दिएका थिए जुन अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर हो। जसमा स्वास्थ्य प्रविधि, कृत्रिम बौद्धिकता (ए.आइ.), वित्तीय प्रविधि, शिक्षा प्रविधि र कृषि प्रविधिजस्ता क्षेत्रमा सक्रिय महिला उद्यमीहरु फाइनलसम्म पुग्न सफल भएका थिए ।

यसपटकको आवेदन यहि नोभेम्बर १२ (कार्तिक २६, २०८२) सम्म खुल्ला रहनेछ। इच्छुक महिला फ़ाउण्डरहरुले auroratechaward.com मा अनलाइन फारम भरेर सहभागी हुन सक्नेछन्। आवेदन दिनको लागि कम्पनी पाँच वर्षभन्दा पुरानो नभएको , प्रोटोटाइप वा एमभीपी वा प्रारम्भिक ग्राहकको आधार भएको र स्टार्टअप प्रि–सिड वा सिड चरणमै भएको हुनुपर्नेछ। साथै, कम्पनीको कुल लगानी सिड राउन्ड सहित छ लाख अमेरिकी डलरभन्दा कम भएको हुनुपर्नेछ।

हेड अफ अरोरा टेक अवार्ड इसाबेला घसेमी–स्मिथका अनुसार अरोरा टेक अवार्ड केवल पुरस्कार मात्र नभएर नयाँ पुस्ताका साहसी महिला संस्थापकहरुको लागि अझ अघि बढ्ने अवसरको ढोका हो। उनका अनुसार अवार्डले विजेतालाई पूँजी मात्र नभएर शीर्ष लगानीकर्ताहरुसँग सम्पर्क गर्ने अवसर लगायत अरु थुप्रै अन्तर्राष्ट्रिय नेटवर्क बढाउने अवसर र कम्पनी विस्तार गर्न आवश्यक उपकरणहरू उपलब्ध गराउँछ।

यसपटकको समयरेखाअनुसार डिसेम्बर ८, २०२५ मा शीर्ष १०० महिला फ़ाउण्डरहरुको नाम सार्वजनिक गरिनेछ। त्यसपछि २०२६ को सुरुवातमा सेमिफाइनलिस्ट र फाइनलिस्ट घोषणा गरिनेछ। फाइनलिस्टले फेब्रुअरीदेखि मार्च २०२६ सम्म विशेष परामर्श कार्यक्रममा सहभागी हुन पाउनेछन् । अवार्ड समारोह २०२६ को मार्च वा अप्रिलमा सम्पन्न हुने कम्पनिले जानकारी दिएको छ ।अवार्ड मा पहिलो हुने विजेताले पचास हजार (५०,०००) , दोस्रोले बीस हजार (२०,०००) र तेस्रोले पन्ध्र हजार अमेरिकी डलर (१५,०००) पुरस्कार रकम प्राप्त गर्नेछन् ।

अघिल्ला सहभागीहरूको अनुभव अनुसार ब्राजिलकी थाइस स्टेरेनबर्गले महिला उद्यमीको आवाजलाई प्रविधि मार्फत विश्वव्यापी रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता द्देखेर आफुले अरोरा टेक अवार्डमा आवेदन दिएको बताइन्। त्यस्तै चिलीकी लोरेक्सु गार्सियाले यो अवार्डले केवल प्रविधिलाई मात्र नभई उद्यमीको आफ्नै जीवन भोगाइबाट आएको साहसलाई पनि सम्मान गर्ने भएकाले आफू आकर्षित भएको बताइन्। भारतकी श्रेया प्रकाश जसले फ्लेक्सीबीजमार्फत तेस्रो स्थान हात पारेकी थिइन्, उनले महिला प्रधान कार्यक्रमहरूमा प्रायः पूँजीको अभाव हुने तर अरोराले महिलामाथि विश्वास गरेर वास्तविक लगानी गरेको कुरा विशेष रूपमा उल्लेख गरिन्।

अरोरा टेक अवार्डको विशेषता भनेको विजेतालाई मात्र नभई सबै फाइनलिस्टलाई पनि अवसर प्रदान गर्नु हो। सहभागीले लगानीकर्ता र रणनीतिक साझेदारहरूको सञ्जाल, इनड्राइभको अन्तर्राष्ट्रिय अनुभव र परामर्श, साथै अन्तर्राष्ट्रिय स्तरमा कम्पनीलाई विस्तार गर्न आवश्यक स्रोतहरू प्राप्त गर्दछन् ।

विश्वव्यापी भेन्चर क्यापिटल लगानीमा २% भन्दा कम मात्र महिला–नेतृत्वमा रहेका स्टार्टअपमा पुग्ने गरेको तथ्यलाई परिवर्तन गर्ने लक्ष्यका साथ अरोरा टेक अवार्ड अघि बढेको छ। नेपालका महिला उद्यमीले पनि यसलाई आफ्नो क्षमताको प्रदर्शन गर्ने अवसरका रूपमा लिन सक्नेछन्। थप जानकारी र आवेदनका लागि इच्छुकले auroratechaward.com मा गएर बुझ्न सक्नेछन्।
यो पुरस्कार ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्विसेज प्लेटफर्म इनड्राइभको एक गैर-नाफामूलक पहल हो। इनड्राइभ हाल ४८ देशका ८८८ शहरहरूमा सञ्चालनमा छ। पियर-टु-पियर नेगोसिएसन मोडेलका लागि परिचित इनड्राइभ विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड भएको राइड-हेलिङ एप हो। अरोरा टेक अवार्ड मार्फत इनड्राइभ अन्याय विरुद्ध चुनौती दिने र लैङ्गिक समानता प्रवर्द्धन गर्ने आफ्नो उद्देश्यलाई अगाडि बढाउँदै प्रविधिको क्षेत्रमा लागि परेका महिलाहरूलाई सशक्त बनाउन योगदान पुर्याइरहेको छ।

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

टाटा कार्निभलको चौथो संस्करण कुनै पनि पुरानो गाडी दिएर नंया...

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...