CG Electronics
IME Life
NIMB

दशैंसँग सम्बन्धित हस्तकला, सांस्कृतिक बाजा र पक्कु खानाको प्रदर्शनी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं  । प्रेसिडेन्ट बिजनेस ग्रुपद्वारा आयोजित दोस्रो पक्कु फेस्टिवल–२०८२ आज काठमाडौंमा सुरु भएको छ। आज बिहान ९:४५ बजे नवरात्रको प्रथम दिन नौ कन्याहरूबाट पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको हो।

उद्घाटन समारोहमा विशेष महत्वसहित नव कन्याहरूलाई भोजन र टीका लगाई कन्याहरूका हातबाट कार्यक्रम शुभारम्भ गरिएको अध्यक्ष टि.आर. भण्डारी (शंकर) ले जानकारी दिनुभयो।

वि.सं. २०६३ सालमा सुन्धाराबाट सुरु भएको प्रेसिडेन्टको व्यवसायिक यात्राले हाल १९ वर्ष पार गरिसकेको छ। हाल प्रेसिडेन्ट होटल, रेस्टुरेन्ट, सेकुवा तथा मल्टी क्यूजिन रेस्टुरेन्ट र प्रेसिडेन्ट बेकरीसहित मुलुकका १६ स्थानबाट सेवा दिइरहेको समूहले वि.सं. २०६८ सालदेखि ‘प्रेसिडेन्ट बिजनेस ग्रुप’ नाममा ब्रान्डिङ गर्दै आएको छ।

गत वर्ष आयोजित पहिलो पक्कु फेस्टिवल–२०८१ को सफलतापछि यस पटक दोस्रो पटक यो फेस्टिवल आयोजना गरिएको हो। प्रेसिडेन्ट सेकुवा तथा मल्टी क्यूजिन रेस्टुरेन्ट, महाराजगञ्जमा आयोजना भएको यस फेस्टिवलमा दशैंसँग सम्बन्धित स्थानीय हस्तकला, सांस्कृतिक बाजा, परम्परागत परिकार र पक्कु खानाको प्रदर्शनी हुने जनाइएको छ।

फेस्टिवलले विशेषगरी नयाँ पुस्तालाई संस्कृति, रहनसहन, खानपान र परम्परासँग जोड्ने उद्देश्य राखेको आयोजकले जनाएको छ। साथै, शहरमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्दै गाउँ टाढिएका मानिसलाई पर्वको माहोल दिने उद्देश्य पनि रहेको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले, आर्थिक व्यापारभन्दा बढी यो फेस्टिवलले मनोरञ्जन, परम्परा र हाम्रो मौलिकताको जगेर्नामा जोड दिनेछ, भन्नुभयो।

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका...

वि.सं.२०८३ जेठ १० आइतवार १६:४१

काठमाडौँ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका...

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण कार्यक्रम

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:३८

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा : नेपाल चेम्बर अफ कमर्स

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:४६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ...