CG Electronics
IME Life
Ncell NPL

सानिमा रिलायन्स लाईफको क्लब अचिभर्स इभेन्ट २०८२ भव्यताका साथ सम्पन्न

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८२ सम्पन्न गरेको छ । लेमन ट्री प्रिमियर, बूढानीलकण्ठ काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल बीमा सल्लाहकारहरूलाई लक्षित गरिएको थियो । कार्यक्रममा कम्पनीको अध्यक्ष रतन लाल केडिया , प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कम्पनीका अध्यक्षले कम्पनीको निमन्त्रणालाई सहर्ष स्वीकार गरि देशका विभिन्न ठस्थानबाट पाल्नु भएका क्लब सदस्यता प्राप्त गर्न सफल बीमा सल्लाहकारहरूमा न्यानो अभिवादन टक्रयाउँनुका साथै सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स प्रति देखाउनु भएको अगाढ विश्वास र कम्पनीको व्यवसाय वृद्धिमा उहाँहरुले पु¥याउनु भएको अतुलनीय योगदान प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेज्यूले सबै क्लब सदस्यहरू प्रति आभार प्रकट गर्नुहुँदै कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा सल्लाहकारहरूलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू भविष्यमा पनि ल्याउने कुरा व्यक्त गर्नु भयो । कम्पनीका डेपुटी सि ई ओ निराजन कंडेलज्यूले सफल बीमा सल्लाहकार बन्नको लागि आवश्यक सीपहरु लगायतका विषयहरूमा बोल्नु भएको थियो ।

कम्पनीले आर्थिक वर्ष २०८१।०८२ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नी क्लब , आकाश क्लब र ग्यालेक्सी क्लबका योजनाहरु प्रस्तुत गरेको छ। । क्लबमा सहभागी हुन वैयक्तिक कोड र टिम व्यवसायमा संकलन गर्नुपर्ने न्यूनतम बिमाशुल्कको लक्ष्य तोकिएको हुन्छ । तोकिएको लक्ष्य हासिल गर्न सफल बीमा सल्लाहकारहरू क्लबमाको सदस्यता प्राप्त गरी कार्यक्रममा सहभागी हुन्छन्। सबै क्लबका सहभागीहरूलाई कम्पनीले सम्मान प्रदान गरेको थियो ।

नेपाल टेलिभिजनकी बरिस्ठ समाचार सम्पादक शिवानी थापा बस्न्यात कार्यक्रम संचालिका रहेकी थिइन भने चर्चित गायिका समिक्षा अधिकारी र हास्य कलाकार सुन्दर खनालले आफ्ना प्रस्तुतिहरु पस्कदै कार्यक्रममा रौनक थपेका थिए । कार्यक्रमलाई मनोरन्जनात्मक बनाउन बिच बिचमा नृत्य कार्येक्रम पनि समाबेश गरिएको थियो ।

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च कार्यसम्पादनसहित रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:५६

काठमाडौं । Realme ले उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री क्षमता...

प्यान र इमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको ग्राहकलाई आग्रह

प्यान र इमेल अद्यावधिक गर्न एन आई...

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०९

  काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई...

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:०३

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०८:४५

  काठमाडौं । नेपाल सरकारको बजेट विनियोजन यथार्थपरक हुन नसक्दा...