CG Electronics
Ncell NPL
NIMB

कम बिक्री हुने मिरिन्डा डिउको केसमा जबर्जस्ती राखी बिक्री, उपभोक्ता संरक्षण मञ्च आक्रोशित

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

हेटौँडा । हेटौँडाको कान्तिराजपथ र भैरवरोड क्षेत्रमा आज भएको बजार अनुगमनका क्रममा माउन्टेन डिउ किन्ने उपभोक्ताहरूलाई अनिवार्य रूपमा मिरिन्डा किन्न बाध्य पारिएको पाइएको छ ।
अनुगमनका क्रममा ९ बोटलको माउन्टेन डिउको केसमा एक बोटल मिरिन्डा राखेर बिक्री भइरहेको पाइएको छ । उपभोक्ताहरूले आफूले चाहेका मात्र डिउ किन्न सक्दैनन् र बाध्यतावश मिरिन्डा पनि किन्नु परेको गुनासो गरेका छन् ।

उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष बासु खतिवडाले भने, ‘डिलरहरूले कम बिक्री हुने मिरिन्डा र स्लाइस जस्ता पेय पदार्थ डिउको प्याकेटमा हालेर उपभोक्तालाई किन्न बाध्य पारिरहेका छन् । यो कार्य उपभोक्ता अधिकार विपरीत हो । जिल्ला प्रशासनले सम्बन्धित डिलरविरुद्ध कारबाही गर्नुपर्नेछ ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक दिपक घिमिरेले अनुगमनका क्रममा माउन्टेन डिउमा मिरिन्डा अनिवार्य राखिएको पुष्टि गरे । तर, कार्यालयको अधिकार खाद्य पदार्थको गुणस्तर, म्याद, र लेबल जाँचमा सीमित भएकाले यस विषयमा कारबाहीको निर्णय छलफलपछि मात्रै अघि बढाइने उनले बताए ।

चाडपर्व लक्षित संयुक्त बजार अनुगमनका क्रममा कान्तिराजपथ, भैरवरोडका खाद्यान्न पसल र मिठाई पसलहरूमा समेत यस्तै स्थिति पाइएको छ ।

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

एफवानसफ्ट (F1Soft) इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४६

काठमाडौँ, नेपाल, ३ बैशाख २०८३ — एफवानसफ्ट (F1Soft) इन्टरनेशनलले आफ्नो...

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत फण्ड–इ’ को आकार १० अर्ब पुर्‍याउन स्वीकृति

एनएमबि क्यापिटलको रेटिङ्ग अपग्रेड, ‘एनएमबि सरल बचत...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:४०

  काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड ले महत्वपूर्ण उपलब्धि हासिल...

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १०:३४

काठमाडौं, वैशाख ३ — एन आई सी एशिया बैंक लिमिटेड...

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ वार्षिक अभियान “Experience Life with CG” सार्वजनिक

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१९

काठमाडौँ । नेपालको अग्रणी र सर्वाधिक विश्वासिलो घरेलु उपकरण ब्रान्ड...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका :...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१३

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...