NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले घाइतेहरुलाई शरीरको भन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुदैँन् भन्ने चिन्ता रहेको बताएका छन् ।

शनिबार बीर अस्पतालसँगै रहेको ट्रमा सेन्टरमा जेनजी आन्दोलनका घाइतेहरुलाई भेट्दै उनले बिरामीहरुको उपचार राम्रै भइरहेको भन्दै उनीहरुलाई आन्दोलनको मागको बढि चिन्ता रहेको बताए ।

उनले भने, ‘बिरामीहरुको माग वा मुद्दा भनेको जेनजी आन्दोलनको माग हो । यसकै लागि लडेको हो ।
हाम्रो माग पूरा हुनुपर्छ भन्ने छ । उनीहरुको स्वास्थ्यको कुरा गर्ने हो भने उपचार राम्रै भइरहेको छ । उहाँहरुलाई आफ्नो शरीरको चिन्ता भन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुदैँन् भन्ने कुराको चिन्ता छ ।’

यस्तै, उनले ट्रमा सेन्टरमा दुईजना पढ्ने विद्यार्थी पनि रहेको भन्दै सन्चो भएपछि पढाइको विषयमा पछि जे गर्नुपरे पनि गर्न तयार रहेको आश्वासन दिएको बताए ।

साथै, हालको लागि अन्तरिम सरकारले जे घोषणा गरेको छ, त्यही अनुसारको काम हुने पनि उनको भनाई छ ।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...