NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

दशैंमा ट्राफिक प्रहरी : सुरक्षा, सहायता कक्षदेखि प्रविधिमार्फत निगरानीसम्म

प्रहरी उपरीक्षक (एसपी) काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपालीहरूको महान चाड विजया दशमी (दशैं) को अवसरमा काठमाडौँ उपत्यकामा सवारी सुरक्षाका लागि विशेष योजना लागू गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले दशैंको चाप र सम्भावित जोखिमलाई ध्यानमा राख्दै व्यापक ट्राफिक तथा सुरक्षा योजना तयार पारिएको जानकारी दिए ।

नेपाल न्यूज बैंकसँग विशेष कुराकानी गर्दै एसपी सुवेदीले दशैंका बेला सवारी व्यवस्थापन र नागरिक सुरक्षा सुनिश्चित गर्न १४ वटा प्रमुख स्थानहरूमा नागरिक सहायता कक्ष स्थापना गरिएको बताए । ‘यात्रुहरूले गुनासो या सूचना दिनुपरेमा ती सहायता कक्षबाट तत्काल सेवा प्रवाह गरिनेछ,’ उनले भने ।

उनका अनुसार, यात्रुहरूलाई आवश्यक सूचना प्रवाह, ट्राफिक सचेतना अभिवृद्धि तथा आकस्मिक समस्याको तत्काल समाधानका लागि सहायता कक्षले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ ।

उपत्यकालाई दुई समूहमा ट्राफिक प्रहरी परिचालन
दशैंको समयमा सवारी चाप वृद्धि हुने भएकाले राजधानी क्षेत्रलाई दुई समूह– ‘क’ र ‘ख’– मा विभाजन गरिएको छ । समूह ‘क’ अन्तर्गत २३ युनिट र समूह ‘ख’ अन्तर्गत २४ युनिट ट्राफिक प्रहरी परिचालित छन् ।
एसपी सुवेदीका अनुसार, ‘हाम्रो उद्देश्य सजाय होइन, सचेतना अभिवृद्धि हो । यात्रामा कसैले गल्ती गरेमा दण्डित गर्नुभन्दा पनि सुधार गर्ने अवसर दिन चाहन्छौं ।’

रात्रिकालीन चेकिङ ः पाँच समूहमा ६९ युनिट परिचालन
चाडपर्वमा मादक पदार्थ सेवनगरी सवारी चलाउने प्रवृत्ति बढ्ने भएकाले रातको समयमा विशेष निगरानीका लागि पाँच समूहमा विभाजन गरिएको छ । समूह ‘क’, ‘ख’, ‘ग’, ‘घ’ र ‘ङ’ अन्तर्गत क्रमशः १४, १४, १५, १४ र १२ युनिट गरी कुल ६९ युनिट परिचालित छन् । रातको समयमा सम्भावित दुर्घटना र अनुशासनहीन सवारी गतिविधि रोक्न यी युनिटहरू निरन्तर गस्तीमा रहनेछन् ।
लामो दूरीका सवारीमा अनुगमन कडा
२५० किलोमिटरभन्दा बढी दूरीका सवारी साधनमा दुई चालक अनिवार्य व्यवस्था लागू गर्न ट्राफिक प्रहरीले कडाइ गरेको छ । ट्राफिक कम्युनिकेशन एपमार्फत चालक संख्या, क्षमताभन्दा बढी यात्रु राखिएको वा बढी भाडा लिएको जस्ता गतिविधिमा निगरानी गरिने सुवेदीले बताए ।

प्रमुख स्थानहरूमा सशक्त उपस्थिति
बसपार्क, नाका, सुपरमार्केट, सपिङ मलजस्ता स्थानहरूमा ट्राफिक प्रहरी र सिभिल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । एसपी सुवेदीका अनुसार, ‘नागरिकलाई सुरक्षा प्रत्याभूति दिन हामी संयुक्त रूपमा खटिएका छौं । हामी उच्च मनोबलका साथ फिल्डमा छौं ।’

प्रविधिमार्फत निगरानी : लागूपदार्थ र मापसेमा कडाइ
सवारी चेकिङमा प्रविधिको प्रयोग बढाइएको उनले बताए । लागुपदार्थ वा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकहरूलाई पहिचान गर्न विशेष उपकरण र प्रविधिको प्रयोग भइरहेको उनको भनाई छ ।

प्रहरीको मनोबल उच्च, सेवा सुचारु
हालैका जेनजी आन्दोलनका कारण केही कार्यालयहरू क्षतिग्रस्त भए पनि सेवा प्रवाह प्रभावित नभएको एसपी सुवेदीको भनाइ छ । ‘कुनैपनि प्रहरी कर्मचारी मनोबल गुमाएर बसेका छैनन्,’ उनले स्पष्ट गरे, ‘युनिफर्म र आवश्यक सामग्री सबैमा पुगेको छ, हामी युनिफर्ममै सेवा दिइरहेका छौं ।’

नागरिकलाई सूचना दिन आह्वान
एसपी सुवेदीले सवारी वा समाजमा असामाजिक गतिविधि देखिएमा १०० वा १०३ मा फोन गरी नजिकको प्रहरीलाई जानकारी दिन नागरिकहरूलाई अनुरोध गरे । साथै, लामो दूरी यात्रा गर्नुअघि सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिए ।
ट्राफिक प्रहरीको यो विस्तृत योजना दशैंमा नागरिक सुरक्षाका लागि प्रभावकारी हुने अपेक्षा गरिएको छ । सुवेदी भन्छन्, ‘हामी नागरिकका आँगनमै सेवा दिन तयार छौं, सूचना दिनुहोस्, सेवा हाम्रो तर्फबाट सुनिश्चित हुनेछ ।’

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...