CG Electronics
IME Life
NIMB

भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

रामेछाप । भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको भन्दै असोज १६ गते बिहीबारदेखि असोज २१ गते मंगलबारसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्गको काभ्रे भञ्ज्याङ–भकुण्डेवेशी–सिन्धुली सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको आवागमनमा रोक लगाइएको जनाएको छ ।

कार्यालयले सूचना जारी गरी यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालद्वारा जारी सूचनामा यात्रु तथा स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

सूचनाअनुसार, रोशी खोला तथा अन्य खहरे खोलामा आकस्मिक बाढी आएमा अन्य समयमा पनि प्रहरी वा ट्राफिक प्रहरीले सवारीसाधन रोक्न सक्ने छ ।

प्रशासनले अनावश्यक रूपमा बाहिर ननिस्कन, विशेष गरी रातको समयमा यात्रा नगर्न, पहिरो जोखिमयुक्त क्षेत्र र नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

त्यस्तै डुबानको सम्भावना भएका बस्तीलाई अस्थायी सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न स्थानीय तहलाई आवश्यक पूर्वतयारी गर्न निर्देशन दिइएको छ ।

विपद्को सम्भावनालाई ध्यानमा राखी सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सम्बन्धित निकायहरूलाई स्वीकृत कार्ययोजना अनुसार तयारी अवस्थामा रहन भनिएको छ ।

सडक डिभिजन भक्तपुर र सूर्यविनायक–धुलिखेल सडक आयोजनालाई पनि तुरुन्त परिचालन हुने गरी डोजर, एस्काभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ ।

स्थानीय विपद् व्यवस्थापन समितिहरू, क्लष्टर लिड र सरोकारवाला संस्थाहरूलाई पनि सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

 

 

Himalayan Literature Festival & Writers’ Workshop 2026 in collaboration with Ncell Foundation set to bring global literary voices to Kathmandu, Nepal

Himalayan Literature Festival & Writers’ Workshop 2026...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३६

Kathmandu–The organisers of the Himalayan Literature Festival & Writers’ Workshop...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...