CG Electronics
IME Life
NIMB

सिटिजन्स् बैंक र काठमाडौं मेडिकल कलेजबीच उपचार सेवामा छुट प्रदान गर्ने समझदारी सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौँ । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड बीच बिरामी उपचार सम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौता अनुसार सिटिजन्स् बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरू ले काठमाडौं मेडिकल कलेजमा उपलब्ध विशेषज्ञ उपचार सेवामा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। बैंकले यस सहकार्यबाट आफ्ना ग्राहकहरूलाई प्रत्यक्ष रूपमा लाभ मिल्ने र डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ।

सिटिजन्स् बैंकले ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न उत्साहित बनाउन समय–समयमा विभिन्न ग्राहकमैत्री सुविधा र सहकार्य कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुट र सेवासम्बन्धी विस्तृत जानकारी बैंकको अधिकृत वेबसाइट मा उपलब्ध छ।

हालै मात्र ‘बैंक अफ द ईयर २०२४’ को प्रतिष्ठित उपाधि प्राप्त गर्न सफल सिटिजन्स् बैंकले फोनपेसँग सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सेवा सुरु गरेको छ। साथै, फ्रिलान्सर सेविङ्स अकाउन्ट, मोबाइल बैंकिङमार्फत शेयर आवेदन र ऋण नम्बर सेवा, र क्रस बैंक टेलर सुविधा जस्ता नवप्रवर्तनात्मक सेवा पनि सञ्चालनमा ल्याएको छ।

सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड ले हाल देशभरका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखा–रहित बैंकिङ इकाइहरू मार्फत करिब १९ लाख ४४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ।

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...