CG Electronics
IME Life
NIMB

२०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न, ६ टोली २०२५ पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपका लागि छनोट

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा सम्पन्न २०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न भएको छ। प्रतियोगिताको यो सिजन तीव्र प्रतिस्पर्धा, रणनीति र अविस्मरणीय क्षणहरूले भरिपूर्ण रहेको थियो। ६ दिनसम्म चलेको यस रोमाञ्चक सिजनपछि जम्मा ६ टोलीले प्रतिष्ठित २०२५ पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (PMGC) का लागि आफ्नो स्थान सुरक्षित गरेका छन्।

भर्चस.प्रो (Virtus.PRO), अल्फा गेमिङ (Alpha Gaming) र म्याड बुल्स (Mad Bulls) ले आफ्नो उत्कृष्ट रैंकिङ आधारमा पीएमजिसी गन्टलेट स्टेज (PMGC Gauntlet Stage) मा स्थान पाएका छन् भने आर्क्रेड (Arcred), इनर सर्कल (Inner Circle) र गोट (GOAT) ले आफ्नो पीएमजिसी रेटिङ पोइन्ट्स (PMGC Rating Points) का आधारमा पीएमजिसी ग्रुप स्टेज (PMGC Group Stage) मा स्थान सुरक्षित गरेका छन्।

नेपालबाट होरा इ–स्पोर्ट्स (Horaa Esports), फोर योनको रोयल जुत्ती (4YONKO ROYAL JUTTI) र नेपेक्स इ–स्पोर्ट्स (NEPEX Esports) ले पीएमएसएल ग्रुप स्टेज (PMSL Group Stage) मा नेपालको राम्रो प्रतिनिधित्व गरेका थिए। असाधारण टिमवर्क र कौशल प्रदर्शन गर्दै होरा इ–स्पोर्ट्स र फोर योनको रोयल जुत्ती दुबै टोलीले अन्तिम चरणसम्मको यात्रा तय गरे, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली इ–स्पोर्ट्स समुदायको बढ्दो क्षमता र प्रभावलाई प्रदर्शन गरेको थियो। नेपाली टोलीहरू मध्ये होरा इ–स्पोर्ट्सले उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकी डलर ११,७५०, फोर योनको रोयल जुत्तीले अमेरिकी डलर ४७५०र नेपेक्स इ–स्पोर्ट्सले अमेरिकी डलर १७५० नगद पुरस्कार प्राप्त गरे।
पब्जी मोबाइल (PUBG MOBILE) सहभागी सबै टोलीहरूको असाधारण उपलब्धिको प्रशंसा गर्दै २०२५ पीएमजिसी (PMGC) का लागि छनोट भएका टोलीहरूलाई हार्दिक बधाइ व्यक्त गर्दछ ।

पब्जी मोबाइल साउथ एशिया पब्लिसिङ लिड (PUBG MOBILE South Asia Publishing Lead) इसाकले भने, “हामी नेपाली टोलीहरूको २०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजनमा देखिएको उत्कृष्ट प्रदर्शनप्रति गर्व गर्दछौं। प्रत्येक सिजनसँगै प्रतियोगिताको स्तर झन् उचाइमा पुग्दै गएको छ। हामी सबै टोलीहरूलाई उनीहरूको प्रतिबद्धता, सीप र खेल भावना लागि बधाइ दिन चाहन्छौं। नेपालमा आगामी ग्रासरुट इभेन्ट्स (Grassroot Events) हरू:- ट्रेनिङ ग्राउन्ड्स (Training Grounds), ट्रेनिङ ग्राउन्ड प्रो (Training Ground Pro), नेपाल सिरिज (Nepal Series), क्याम्पस क्लब (Campus Club) र स्टार च्यालेन्ज (Star Challenge) को माध्यमबाट हामी ग्लोबल स्तरमा प्रतिस्पर्धा गर्न सक्षम स्थानीय टोलीहरूको अपेक्षा राख्छौं।”

नेपाली इ–स्पोर्ट्स प्रशंसकहरूले यसपटक आफ्ना स्थानीय टोलीहरूले विश्वस्तरमा प्रतिस्पर्धा गरेको हेर्न नपाए पनि इ–स्पोर्ट्स वर्ल्ड कप (Esports World Cup) मा हुने रोमाञ्चक खेल र विश्वस्तरीय टुर्नामेन्ट अनुभवले उत्साह अझै उच्च रहेको छ।

 

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका...

वि.सं.२०८३ जेठ १० आइतवार १६:४१

काठमाडौँ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका...

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण कार्यक्रम

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:३८

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा : नेपाल चेम्बर अफ कमर्स

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:४६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ...