CG Electronics
IME Life
Ncell NPL

राष्ट्रिय वाणिज्य बैंकले ‘६% आरबिबिएल डिबेञ्चर २०८९’ जारी गर्दै, कुमारी क्यापिटल बिक्री प्रबन्धक

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले हजार रूपैयाँ अंकित दरको ३० लाख कित्ताले हुन आउने रकम रु.३ अर्ब बराबरको ऋणपत्र ‘”6% RBBL Debenture 2089″ ’ को धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच सो सम्बन्धमा सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पुष्प शर्माले हस्ताक्षर गरे।

सम्झौतामा उल्लेख भए अनुसार राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले रु.३ अर्ब बराबरको ऋणपत्र जारी गर्नेछ जस मध्यको ६० प्रतिशत अर्थात १८ लाख कित्ताले हुन आउने रु.१ अर्ब ८० करोड बराबरको रकम संस्थागत तथा व्यक्तिगत तवर र ४० प्रतिशत अर्थात् १२ लाख कित्ताले हुन आउने रु. १ अर्ब २० करोड बराबरको रकम सर्वसाधारणहरुका लागि निष्काशन गरिनेछ । उक्त ऋणपत्रको वार्षिक ब्याजदर ६ प्रतिशत र अवधी ७ वर्षको रहनेछ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड नेपालको एक अग्रणी सरकारी वाणिज्य बैंक हो जसले देशभरका ३१० शाखा मार्फत आधुनिक बैंकिङ्ग र वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्‌नो सेवाहरुलाई प्रविधिमैत्री बनाउंदै छिटोछरितो रुपमा सेवा प्रदान गर्दै आइरहेको छ । ‘तपाईको आफ्‌नै बैंक’ भन्ने नारालाई सार्थक बनाउन बैंक हरदम लागि परेको छ ।

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३२

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित...

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च कार्यसम्पादनसहित रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:५६

काठमाडौं । Realme ले उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री क्षमता...

प्यान र इमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको ग्राहकलाई आग्रह

प्यान र इमेल अद्यावधिक गर्न एन आई...

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०९

  काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई...

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:०३

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...