CG Electronics
IME Life
Ncell NPL

जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स५ (Geely EX5) को विश्वव्यापी बिक्री २ लाख १० हजार युनिट पार गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

चीनमा उत्पादन भएको यो मोडेल सार्वजनिक भएको सात महिनामै १ लाखभन्दा बढी बिक्रीमा पुगेको थियो। हाल यो एसयूभी थाइल्यान्ड, इन्डोनेसिया, अस्ट्रेलिया, न्यूजिल्यान्ड, विभिन्न युरोपेली देशहरू र ल्याटिन अमेरिकी बजारसहित २६ देशमा उपलब्ध छ।

सन् २०२५ को पहिलो छ महिनामा जीली अटोले विश्वभर १४ लाख सवारीसाधन बिक्री गरी अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशत वृद्धि हासिल गरेको छ। यससँगै कम्पनीले आफ्नो वार्षिक बिक्री लक्ष्य २० लाख ७१ हजारबाट बढाएर ३० लाख युनिट पुर्‍याउने घोषणा गरेको छ।

नेपालमा पनि हालै सुरू गरिएको जीली ईएक्स५ ले उपभोक्ताहरूको राम्रो प्रतिक्रिया पाइरहेको छ। यसको आधिकारिक आयातकर्ता एलआरआर मोटर्स ले बढ्दो मागका कारण देशभर डिलरशिप विस्तार गर्ने योजना अघि सारेको छ।

सुरक्षा र डिजाइनमा विश्वस्तरको मान्यता पाउँदै, जीली ईएक्स५ ले Euro NCAP र ANCAP दुबैबाट फाइभ–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ। यसमा सात एयरब्याग, Autonomous Emergency Braking, Adaptive Cruise Control, Lane–Keeping Assist, Blind–Spot Detection र ३६०° क्यामेरा प्रणालीजस्ता अत्याधुनिक सुरक्षा सुविधा छन्।

त्यस्तै, आकर्षक बाह्य डिजाइन र स्मार्ट इन्टेरियरका कारण जीली ईएक्स५ ले Red Dot Design Award 2025 समेत जितेको छ, जसले यसलाई आफ्नो वर्गको सबैभन्दा सफल र लोकप्रिय विद्युतीय एसयूभी मध्ये एकका रूपमा स्थापित गरेको छ।

कम्पनीका अनुसार, जीली ईएक्स५ ले विश्वभरका बजारमा सुरक्षा, दक्षता र डिजाइनका आधारमा विद्युतीय सवारीको नयाँ मानक कायम गरेको छ।

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०७

  काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक...

गणेश कार्की : अध्यक्ष स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)

गणेश कार्की : अध्यक्ष स्वतन्त्र उर्जा उत्पादकहरुको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १५:५७

  काठमाडौं । सरकारले हालै सार्वजनिक गरेको १०० बुँदे कार्ययोजनामा...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

स्याकार ट्रेडिङद्वारा होण्डाका २ नयाँ प्रिमियम सर्भिस सेन्टर उद्घाटन, देशव्यापी विस्तारको घोषणा

स्याकार ट्रेडिङद्वारा होण्डाका २ नयाँ प्रिमियम सर्भिस...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०९:२३

  काठमाडौं । नेपालमा होण्डा सवारी साधनका ग्राहकहरूलाई अझ गुणस्तरीय...

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी रेन्ज र १८० किलोवाट मोटर विशेषता

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ००:२०

  काठमाडौं ।पारामाउन्ट मोटर्स ले नेपाली बजारमा नयाँ मिडसाइज इलेक्ट्रिक...

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ योजना सार्वजनिक

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज...

वि.सं.२०८३ वैशाख १४ सोमवार २३:५४

  काठमाडौं । जगदम्बा मोटर्स ले प्रोटोन गाडीका ग्राहकहरूलाई लक्षित...