CG Electronics
IME Life
NIMB

सामसङ नेपालले ल्यायो ग्यालेक्सी Buds3 FE: नयाँ पुस्ताका लागि ग्यालेक्सी AI र आइकोनिक डिजाइनको एकीकरण

NIMB
Himalayan Bank

काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताका प्रयोगकर्तालाई लक्षित गर्दै ग्यालेक्सी Buds3 FE नेपाली बजारमा सार्वजनिक गरेको छ। आकर्षक डिजाइन, उन्नत प्रविधि र ग्यालेक्सी AI को एकीकरणसहित यो ट्रू–वायरलेस इयरबड्स उत्कृष्ट प्रदर्शन र पहुँचयोग्य मूल्यमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ। रु. १९,९९९ मा उपलब्ध ग्यालेक्सी Buds3 FE लाई स्मार्ट सुविधा, विश्वसनीय प्रदर्शन र आकर्षक डिजाइन खोज्ने प्रयोगकर्ताका लागि डिजाइन गरिएको हो।

यी इयरबड्समा रहेको एक्टिभ न्वाइज क्यान्सेलेसन (ANC) ले ब्याग्राउन्ड आवाजलाई न्यून पार्दै प्रयोगकर्तालाई गहिरो अडियो अनुभव प्रदान गर्छ। साथै, क्रिस्टल क्लियर कल टेक्नोलोजी र AI सहायताले फोन कलको क्रममा स्पष्ट र अवरोध–रहित आवाज सुनिश्चित गर्छ।

सामसङले ग्यालेक्सी Buds3 FE लाई ठूलो स्पिकर, उन्नत अडियो प्रोसेसिङ र मेसिन लर्निङ प्रविधिसहित इन्जिनियर गरेको छ, जसले शोरयुक्त वातावरणमा पनि प्रयोगकर्ताको आवाजलाई सटीक रूपमा छुट्याउन मद्दत गर्छ। ग्यालेक्सी इकोसिस्टमसँग सहज रूपमा एकीकृत हुने Auto Switch फिचरले प्रयोगकर्तालाई ग्यालेक्सी फोन, ट्याबलेट र ल्यापटपबीच छिटो रूपान्तरण गर्न सुविधा प्रदान गर्छ। साथै, एप–रहित नियन्त्रण र तीव्र कनेक्टिभिटीले दैनिक जीवनमा अझ सहज अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

सामसङ नेपालका MX डिभिजनका निर्देशक प्रणय रत्न स्थापितले भने, “ग्यालेक्सी Buds3 FE मार्फत हामी ग्यालेक्सी AI र स्मार्ट अडियोको शक्ति अझ बढी प्रयोगकर्तासम्म पुर्‍याउँदैछौं — आकर्षक डिजाइन र पहुँचयोग्य मूल्यमा। यो बिना सम्झौता सुन्ने, अन्तरक्रिया गर्ने र अनुभव गर्ने स्वतन्त्रता प्रदान गर्नका लागि हो।”

ग्यालेक्सी Buds3 FE अहिले देशभरका अधिकृत सामसङ खुद्रा स्टोरहरूमा उपलब्ध छन्। साथै, Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित Samsung Insta Finance सेवामार्फत ग्राहकहरूले ०% ब्याजदरमा सजिलो EMI योजनामार्फत पनि खरिद गर्न सक्नेछन्।

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...