CG Electronics
IME Life
NIMB

एनआईसी एशिया लघुवित्तको बागमती र गण्डकी प्रदेशस्तरीय समीक्षा गोष्ठी तथा तालिम सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं। एनआईसी एशिया लघुवित्तले पहिलो त्रैमासिक गण्डकी र बागमती प्रदेशस्तरीय बजेट समीक्षा गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।  कार्तिक १८ देखि २१ गतेसम्म काठमाडौंको बत्तिसपुतलीस्थित तपस होटलमा आयोजित उक्त कार्यक्रममा दुई प्रदेशका शाखा प्रमुख, अनुगमन अधिकृत, असुली अधिकृत तथा प्रदेश प्रमुखहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको पहिलो दुई दिन शाखा सञ्चालन, प्राप्त उपलब्धि, चुनौती र सुधारका सम्भावित क्षेत्रहरूबारे गहन छलफल गरिएको थियो। त्यसपछि पछिल्ला दुई दिन सहभागीहरूलाई सेवा गुणस्तर सुधार, ग्राहक संरक्षण, वित्तीय व्यवस्थापन, शाखा सञ्चालन दक्षता, सेवा प्रवाह उत्कृष्टता, डिजिटल बैंकिङ र पोर्टफोलियो व्यवस्थापन सम्बन्धी विषयमा तालिम प्रदान गरिएको थियो।

तालिमका क्रममा प्रमुख कार्यकारी अधिकृत श्री चोलराज शर्मा जोशी, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे, लेखा, वित्त तथा योजना विभाग प्रमुख आशिष गौतम, कर्जा तथा सञ्चालन विभाग प्रमुख राकेश श्रेष्ठ, सूचना प्रविधि विभाग प्रमुख मिथलेश कुमार श्रीवास्तव, जोखिम, सम्पत्ति शुद्धिकरण तथा अनुपालना विभाग प्रमुख कसालाल विश्वास लगायत संस्थाका उच्च पदस्थ अधिकारीहरूले सहभागीहरूलाई दक्षता वृद्धि, जोखिम व्यवस्थापन र डिजिटल सेवा प्रवाहमा सशक्त रूपमा अघि बढ्न निर्देशन दिएका थिए।

समापन सत्रमा सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरेले सहभागीहरूको लक्ष्य प्राप्ति, दक्षता वृद्धि, शाखा सञ्चालन सुधार, जोखिम व्यवस्थापन क्षमता र डिजिटल सेवा प्रवाहमा आएको सकारात्मक परिवर्तनको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ उत्साहका साथ कार्य गर्न हौसला प्रदान गरे।

संस्थाका अनुसार, यस्ता समीक्षा गोष्ठी र तालिम कार्यक्रमहरूले कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीमा अझ सशक्त बनाई सेवा गुणस्तर सुधार र शाखा सञ्चालनमा थप प्रभावकारी योगदान पुर्‍याउन उत्प्रेरित गर्ने विश्वास लघुवित्तले व्यक्त गरेको छ।

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका...

वि.सं.२०८३ जेठ १० आइतवार १६:४१

काठमाडौँ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका...

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण कार्यक्रम

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:३८

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा : नेपाल चेम्बर अफ कमर्स

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:४६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ...