Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

एनआईसी एशिया लघुवित्तको बागमती र गण्डकी प्रदेशस्तरीय समीक्षा गोष्ठी तथा तालिम सम्पन्न

काठमाडौं। एनआईसी एशिया लघुवित्तले पहिलो त्रैमासिक गण्डकी र बागमती प्रदेशस्तरीय बजेट समीक्षा गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।  कार्तिक १८ देखि २१ गतेसम्म काठमाडौंको बत्तिसपुतलीस्थित तपस होटलमा आयोजित उक्त कार्यक्रममा दुई प्रदेशका शाखा प्रमुख, अनुगमन अधिकृत, असुली अधिकृत तथा प्रदेश प्रमुखहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको पहिलो दुई दिन शाखा सञ्चालन, प्राप्त उपलब्धि, चुनौती र सुधारका सम्भावित क्षेत्रहरूबारे गहन छलफल गरिएको थियो। त्यसपछि पछिल्ला दुई दिन सहभागीहरूलाई सेवा गुणस्तर सुधार, ग्राहक संरक्षण, वित्तीय व्यवस्थापन, शाखा सञ्चालन दक्षता, सेवा प्रवाह उत्कृष्टता, डिजिटल बैंकिङ र पोर्टफोलियो व्यवस्थापन सम्बन्धी विषयमा तालिम प्रदान गरिएको थियो।

तालिमका क्रममा प्रमुख कार्यकारी अधिकृत श्री चोलराज शर्मा जोशी, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे, लेखा, वित्त तथा योजना विभाग प्रमुख आशिष गौतम, कर्जा तथा सञ्चालन विभाग प्रमुख राकेश श्रेष्ठ, सूचना प्रविधि विभाग प्रमुख मिथलेश कुमार श्रीवास्तव, जोखिम, सम्पत्ति शुद्धिकरण तथा अनुपालना विभाग प्रमुख कसालाल विश्वास लगायत संस्थाका उच्च पदस्थ अधिकारीहरूले सहभागीहरूलाई दक्षता वृद्धि, जोखिम व्यवस्थापन र डिजिटल सेवा प्रवाहमा सशक्त रूपमा अघि बढ्न निर्देशन दिएका थिए।

समापन सत्रमा सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरेले सहभागीहरूको लक्ष्य प्राप्ति, दक्षता वृद्धि, शाखा सञ्चालन सुधार, जोखिम व्यवस्थापन क्षमता र डिजिटल सेवा प्रवाहमा आएको सकारात्मक परिवर्तनको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ उत्साहका साथ कार्य गर्न हौसला प्रदान गरे।

संस्थाका अनुसार, यस्ता समीक्षा गोष्ठी र तालिम कार्यक्रमहरूले कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीमा अझ सशक्त बनाई सेवा गुणस्तर सुधार र शाखा सञ्चालनमा थप प्रभावकारी योगदान पुर्‍याउन उत्प्रेरित गर्ने विश्वास लघुवित्तले व्यक्त गरेको छ।

सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १५:२९

  काठमाडौं । भारतको अग्रणी टायल्स र बाथवेयर ब्रान्ड सोमानी...

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट मर्स्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १०:२२

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन...

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी सम्झौता

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई....

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:०२

  काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच...

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:५३

  काठमाडौं, नेपाल - नोभेम्बर १२- टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले...

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, ८% नगद लाभांश वितरण स्वीकृत

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:०३

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा...