इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय, एकल हक इन्टरनेशनल ग्रीन डेभलपर्सलाई
Friday Nov 14, 2025
वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:४७
काठमाडौँ। इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि.को एकाधिकारमा रहेको “ECOPANEL” ट्रेडमार्कसम्बन्धी दीर्घकालीन विवादमा उद्योग विभागले कम्पनीको दाबीलाई मान्यता दिएको छ।
विपक्षी इको प्यानल नेपाल प्रा.लि. विरुद्ध कम्पनीले दायर उजुरीको आधारमा उद्योग विभागले पहिले २०७९/०४/११ र दोस्रो २०८०/०७/२० मा सो ट्रेडमार्क प्रयोग नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो। यसै प्रकरणमा उद्योग विभागले २०८२/०३/३० मा अन्तिम निर्णय सुनाउँदै ECOPANEL ट्रेडमार्कको एकल स्वामित्व र हकभोग इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि.को नाममा रहने पुष्टि गरेको छ।
अन्तरकालीन आदेशको कार्यान्वयनका लागि विभागले २०८२/०६/३१ मा जिल्ला प्रशासन कार्यालय भक्तपुर, नेपाल प्रहरी साइबर ब्युरो काठमाडौं र विपक्षी कम्पनीलाई पत्राचार गरेको थियो। उद्योग विभागको आदेश र निर्णयको पूर्ण पालना गर्दै, कम्पनीको स्वामित्वमा रहेको ट्रेडमार्कको नक्कल, दुरुपयोग, उत्पादन, प्रचार–प्रसार, बिक्री वा वितरण नगर्न सम्बन्धित सबै पक्षलाई सार्वजनिक रूपमा सूचित गरिएको छ।
साथै, प्रचलित कानुन विपरीत अनधिकृत प्रयोग वा दुरुपयोग गर्ने/गराउने कुनै पनि पक्षविरुद्ध कम्पनीले अविलम्ब कानुनी कारबाही अघि बढाउने पनि स्पष्ट पारिएको छ।



























