CG Electronics
IME Life
NIMB

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे : ‘डिजिटल रूपान्तरण नै हाम्रो प्रमुख प्राथमिकता’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रमसहित मनाएको छ। वार्षिकोत्सवको अवसरमा बैंकले आगामी वर्षहरूमा सेवा, दक्षता र प्राविधिक क्षमतामा थप सुधार गर्दै डिजिटल बैंकिङलाई मुख्य प्राथमिकताका रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा बोल्दै नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले बैंक अब डिजिटल रूपान्तरणको तीव्र यात्रामा अघि बढिरहेको बताए। उनका अनुसार बैंकिङ प्रणालीलाई आधुनिक, पारदर्शी र द्रुतगतिमा सेवा दिने मोडेलमा रूपान्तरण गर्नु नै संस्थाको प्रमुख लक्ष्य हुनेछ।

पाण्डेयले भने, “नेपाल बैंक विकासको लामो इतिहास बोकेको सम्मानित संस्था हो। अब हामीले प्रविधिमैत्री बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै प्रतिस्पर्धी तथा दिगो सेवा प्रवाहमा केन्द्रित हुनेछौं।” यस क्रममा उनले ग्राहकमैत्री सेवा विस्तार, संस्थागत दक्षता अभिवृद्धि तथा जोखिम व्यवस्थापनमा सुधारलाई बैंकले निरन्तर अघि बढाइरहेको उल्लेख गरे। उनका अनुसार देशको समग्र आर्थिक अवस्थाका कारण लगानी विस्तारमा चुनौती बढ्दै गएको भए पनि बचत वृद्धिमा भने उत्साहजनक प्रगति देखिएको छ। उनले बैंकिङ क्षेत्रमा दवाब बढिरहे पनि सुधारका पहल निरन्तर जारी रहने बताए।

८९ वर्षअघि स्थापना भएको नेपाल बैंक हाल देशभरको व्यापक शाखा सञ्जालमार्फत लाखौँ ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...