CG Electronics
IME Life
NIMB

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति विवादमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं — कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले विधान मिच्दै कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएकी छन्, जसले संगठन भित्र विवाद सिर्जना गरेको छ।

करिब दुई साता अघि दुई महिनाका लागि विदेश भ्रमणमा गएकी अध्यक्ष पाण्डेले विधानको धारा २६ को ६ विपरित पाँचौँ नम्बरको उपाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएकी छिन्। क्यानको विधानले स्पष्ट रूपमा व्यवस्था गरेको छ कि अध्यक्ष नेपाल बाहिर रहेको वा कुनै कारणले आफ्नो काम गर्न असमर्थ भएमा प्रथम (बरिष्ठ) उपाध्यक्षलाई कार्यबाहकको जिम्मा दिनुपर्नेछ।

तर, अध्यक्ष पाण्डेले विधानको यो स्पष्ट व्यवस्था अवहेलना गर्दै उपाध्यक्ष श्रेष्ठलाई कार्यबाहक नियुक्त गरेकी छन्। क्यान कार्यसमितिको सूची अनुसार उपाध्यक्ष श्रेष्ठ पाँचौँ नम्बरमा रहन्छन्। यस विषयले अहिले क्यान भित्र व्यापक चर्चा र असन्तोष निम्त्याएको छ।

यस सम्बन्धमा जानकारी लिन खोज्दा कार्यबाहक अध्यक्ष श्रेष्ठले संस्थागत विषयमा महासचिव मात्र बोल्ने बताइन्। यता महासचिव चन्द्र विलास भुर्तेलले भने, “यो विषय धेरै ठूलो नभएको छ। यदि अध्यक्षको निर्णय कसैको चित्त नबुझेको खण्डमा क्यानमा उजुरी दिन वा जिल्ला प्रशासन कार्यालयमा जान सकिन्छ।”

महासचिव भुर्तेलका अनुसार, अध्यक्ष पाण्डेले श्रेष्ठलाई कार्यबाहक नियुक्त गरेको दिनको बैठकमा बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी बैठकमा उपस्थित नभएको हुनसक्छ। क्यानका पूर्व अध्यक्ष बिनोद ढकालले भने, “संस्था सञ्चालन विधान अनुसार हुनुपर्छ। विधान यसले मान्ने, यसले नमान्ने भन्ने हुँदैन। यसलाई मिचेर कोही पनि अघि बढ्न मिल्दैन।”

बरिष्ठ उपाध्यक्ष अधिकारीले पनि अहिले सबैले विधान अनुसार चल्नु पर्ने बताए। उनले उल्लंघन गर्ने हो भने यो गलत भएको उल्लेख गर्दै, यस्ता विवादमा पूर्व अध्यक्षहरूले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताए।

यो विवादले क्यान भित्र संस्थागत शासन र नियम पालनाको महत्त्व पुनःउजग गरेको छ र आगामी दिनमा अध्यक्षको निर्णय तथा विधानको पालना कसरी सुनिश्चित गर्ने भन्ने विषयमा ध्यान केन्द्रित हुनेछ।

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन, विश्वस्तरीय डिजाइन अब नजिकै

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन,...

वि.सं.२०८३ असार ९ मंगलवार २१:३१

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो रिटेल नेटवर्क विस्तार...

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...