CG Electronics
IME Life
NIMB

विन नेपाल लघुवित्त १२औँ वर्षमा प्रवेश, ग्रामीण वित्तीय सशक्तीकरणमा निरन्तर अग्रसर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड १२औँ वर्षमा प्रवेश गरेको छ। २०७१ मंसिर ८ गते औपचारिक सञ्चालनमा आएको संस्थाले ११ वर्ष सफलतापूर्वक पार गर्दै १२औँ वर्षको यात्राको शुभारम्भ गरेको हो।

वार्षिकोत्सवको अवसरमा संस्थाले पोर्टेज तथा पुनःस्थापना संस्था नेपालद्वारा सञ्चालित पोर्टेज समाहित तथा विशेष विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्‍यो। कार्यक्रममा संस्थाका अध्यक्ष डा. मदन गोपाल श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र खतिवडा तथा निर्देशक तथा व्यवस्थापन टोलीका प्रतिनिधिहरू सहभागी रहेका थिए। उनीहरूले सामाजिक उत्तरदायित्वलाई संस्थाको मूल मूल्यका रूपमा निरन्तर अघि बढाइरहेको बताएका छन्।

विन नेपाल लघुवित्तले ग्रामीण तथा न्यून आय भएका समुदायलाई वित्तीय पहुँच प्रदान गर्दै बागमती प्रदेशका ८ जिल्लामा २१ शाखा मार्फत सेवा विस्तार गरिरहेको छ। काभ्रेपलाञ्चोकको साँगास्थित केन्द्रीय कार्यालयको समन्वयमा सञ्चालित शाखाहरूले दुर्गम क्षेत्रसम्म पुगेर वचत, कर्जा, बीमा तथा सीप विकास कार्यक्रमलगायतका सेवा प्रदान गर्दै आएका छन्।

हाल संस्थाको चुक्ता पुँजी ८ करोड ४३ लाख रुपैयाँ पुगेको छ। स्थापना कालदेखि निरन्तर वृद्धि गर्दै आएको लघुवित्तले ग्रामीण भेगका साना उद्यमी, महिला समूह, साना किसान तथा सीमान्तकृत वर्गलाई वित्तीय सेवा र क्षमता विकासका अवसर उपलब्ध गराउँदै आएको छ।

लघुवित्त वित्तीय संस्थालाई गरिबी निवारणको प्रभावकारी माध्यम मानिँदै आएको छ। यसै क्रमलाई निरन्तरता दिँदै विन नेपाल लघुवित्तले बचत संस्कृतिलाई प्रोत्साहन, उत्पादनमुखी क्षेत्रमा कर्जा विस्तार, महिला उद्यमशीलता वृद्धि तथा कृषि–पशुपालन व्यवसाय सुदृढीकरणमा विशेष ध्यान केन्द्रित गर्दै आएको छ। जोखिम व्यवस्थापन र कर्जा मूल्यांकनका स्पष्ट मापदण्ड अपनाइएकाले संस्थाको कर्जा चुक्ता दर उच्च रहेको संस्थाले जनाएको छ।

विन नेपाल लघुवित्तले आगामी दिनमा पनि वित्तीय समावेशीकरण, ग्रामीण आर्थिक उत्थान तथा गरिबी न्यूनिकरणलाई प्रमुख ध्येय बनाएर आफ्नो सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका...

वि.सं.२०८३ जेठ १० आइतवार १६:४१

काठमाडौँ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका...

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण कार्यक्रम

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:३८

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा : नेपाल चेम्बर अफ कमर्स

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:४६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ...