CG Electronics
IME Life
NIMB

वागीश्वरी कलेजले सम्पन्न गर्यो दीक्षान्त समारोह, इमान्दारिता र सदाचारितामा जोड

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

भक्तपुर । विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए (QAA) मान्यता प्राप्त वागीश्वरी कलेजले स्नातक र स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूको दीक्षान्त समारोह शनिबार होटल सिटीगाउँमा सम्पन्न गरेको छ।

मुख्य अतिथि तथा कलेज व्यवस्थापन समितिका अध्यक्ष र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा २०८१ (२०२४) मा मानविकी (BA), व्यवस्थापन (BBS) तथा स्नातकोत्तर (MBS, MA) तहमा उत्तीर्ण १३९ जना विद्यार्थीलाई दीक्षित गरिएको थियो।

मुख्य अतिथि प्रजापतिले शिक्षा र प्रमाणपत्रभन्दा बढी संस्कार, इमान्दारिता र सदाचारिता अनिवार्य भएको बताउँदै वागीश्वरी कलेजले देशभक्त, इमान्दार र पारदर्शी जनशक्ति उत्पादनमा योगदान दिँदै आएको उल्लेख गरे। उनले भ्रष्टाचारले देश कमजोर बनाएको आरोप लगाउँदै “लोकसेवामा प्रथम हुनुले मात्र काम छैन, इमान्दारिता नहुँदा यस्ता जनशक्ति नै अभिशाप बन्न सक्छन्” भने।

देशका शासक दलहरूले शिक्षित जनशक्तिलाई विदेशिन बाध्य बनाएको आरोप गर्दै प्रजापतिले नेताहरूले नै कार्यकर्तालाई भ्रष्टाचार सिकाउँदै आएको टिप्पणी गरे। विचार र सिद्धान्तविहीन आन्दोलनले देशभन्दा विदेशीलाई फाइदा पुगेको धारणा पनि उनले राखे।

बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंले जीवनको परीक्षा अब कठिन हुने बताउँदै निरन्तर अध्ययन र दक्षता विकासमा आग्रह गरे। उनले वागीश्वरी कलेज सामुदायिक अपनत्वमा आधारित आदर्श शिक्षण संस्था भएको उल्लेख गरे। वर्तमान राजनीतिक व्यवस्थाले नागरिकमा निराशा बढाएको बताउँदै उनले सच्चा नागरिकले मातृभूमिको विकासमा योगदान दिनुपर्नेमा जोड दिए।

भक्तपुर नगरपालिका–९ का अध्यक्ष तथा वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले विदेशमा अध्ययन गरे पनि सिकेको ज्ञान र सीप स्वदेशमै उपयोग गर्नुपर्ने बताए। “नपढेका युवाले रेमिट्यान्स पठाइरहेका छन्, तर राज्यले लगानी गरेका दक्ष व्यक्ति विदेशमै बसिरहनु गलत परिपाटी हो,” उनले भने।

वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले सैद्धान्तिक र व्यावहारिक ज्ञानले समाज र राष्ट्रलाई योगदान पुग्ने विश्वास व्यक्त गरे। वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले कलेजले शिक्षासँगै करिब एक करोड रुपैयाँ बराबरको छात्रवृत्ति र विभिन्न सीपमूलक नन-क्रेडिट तालिम उपलब्ध गराइरहेको जानकारी दिए।

कलेज संयोजक ज्ञानसागर प्रजापतिले “जहाँ गए पनि वागीश्वरीको पहिचान इमान्दारिता र सदाचारले झल्किनुपर्छ” भन्दै विद्यार्थीलाई समाजमा सकारात्मक र पारदर्शी भूमिका निर्वाह गर्न आग्रह गरे।

कार्यक्रम कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा मानविकी संकाय प्रमुख राजन फेलुले स्वागत मन्तव्य राख्दै शिक्षक विनोद प्रजापति तथा विद्यार्थी भावना भँडेल र श्रृजना प्रजापतिले आफ्ना विचार व्यक्त गरेका थिए। विद्यार्थीहरूले गीत–नृत्यलगायत सांस्कृतिक प्रस्तुति पनि दिएका थिए।

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका...

वि.सं.२०८३ जेठ १० आइतवार १६:४१

काठमाडौँ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका...

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण कार्यक्रम

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:३८

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा : नेपाल चेम्बर अफ कमर्स

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:४६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ...