CG Electronics
IME Life
NIMB

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा ‘परान’को कर्पोरेट शो सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (एचइआई) ले आफ्नो ३२ औँ वार्षिकोत्सवको अवसरमा सुन्धारास्थित सिभिल मलमा विशेष कर्पोरेट शोको आयोजना गर्दै नेपाली चलचित्र ‘परान’ सामूहिक रूपमा हेर्ने कार्यक्रम सम्पन्न गरेको छ। संस्थागत एकता, कर्मचारीबीच आपसी सहयोगभावना र पारिवारिक सम्बन्ध अझ मजबुत बनाउन उद्देश्यसहित गरिएको यस कार्यक्रमले कम्पनीभित्र उत्साह, उमंग र सामूहिकतामा आधारित सकारात्मक वातावरण सृजना गरेको कम्पनीले जनाएको छ।

उक्त शोमा कम्पनीका कर्मचारी मात्र नभई उनीहरूका परिवारजनहरू पनि सहभागी भएका थिए। नेपाली समाजको ओलीढाली, परिवारभित्रको सम्बन्ध, मायाको अभाव र सन्तानसँगको दूरीजस्ता विषय समेटिएको ‘परान’ले दर्शकलाई आत्मीय रूपमा छोएको सहभागीहरूको प्रतिक्रिया थियो। चलचित्र मन छुने, वास्तविकता झल्काउने र समाजले भोगिरहेको चुनौतीलाई उठान गर्ने भएकाले कर्मचारी तथा परिवारजनले गहिरो सन्देश पाएका बताए।

एचइआईकी मानव संसाधन व्यवस्थापन विभाग प्रमुख सृष्टिना मानन्धरले सामूहिक रूपमा चलचित्र हेराईले कर्मचारीबीच समन्वय, सहयोग र पारिवारिकपनको भावनालाई थप मजबुत बनाउने उल्लेख गर्दै भनिन्, “वार्षिकोत्सव जस्तो विशेष दिनमा एउटै ठाउँमा सबै भेला भएर फिल्म हेर्न पाउनु आफैँमा खुसीको विषय हो। परान चलचित्रले सबैलाई भावनात्मक रूपमा जोडिदियो।”

चलचित्र हेरेपछि भावुक बनेकी सहायक कर्मचारी रुपा देउलाले नेपाली समाजलाई यस्ता सन्देशमुखी फिल्महरूको आवश्यकता रहेको उल्लेख गर्दै भनिन्, “परान त हाम्रो घर–घरको कथा जस्तै लाग्यो। कलाकारहरूको अभिनय उत्कृष्ट तथा जीवन्त छ।”

जेनरल सर्भिस डिपार्टमेन्टका सुविन्द्र श्रेष्ठले वरिष्ठ कलाकार नीर शाहको अभिनयले आफूलाई विशेष रूपले प्रभावित बनाएको बताए। उनले परिवार र समाजलाई जोड्ने कथावस्तु भएकाले फिल्म अझ प्रभावकारी बनेको टिप्पणी गरे।

कर्पोरेट शोमा चलचित्रका निर्देशक दीपक प्रसाद आचार्य र अभिनेत्री अञ्जना बराइली पनि उपस्थित थिए। उपस्थित कर्मचारी तथा परिवारसँग घुलमिल हुँदै उनीहरूले फिल्म निर्माणका केही अनुभव र कथाको पृष्ठभूमि पनि साझा गरेका थिए।

परिवार, जिम्मेवारी, समय र सम्बन्धबीचको अन्तरद्वन्द्वलाई प्रस्तुत गरेको ‘परान’ एक बाबुले जीवनको उत्तरार्धमा सन्तानबाट करुणा, साथ र माया खोजिरहेका कथामा आधारित छ, जसले समाजका धेरै दर्शकलाई आफ्नै जीवनझैँ प्रतीत भएको कम्पनीले जनाएको छ।

एचइआईले आगामी दिनमा पनि कर्मचारी कल्याण, मनोबल वृद्धि र संस्थागत संस्कृतिलाई मजबुत बनाउन यस्ता कार्यक्रम निरन्तर गर्ने जनाइएको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...