CG Electronics
IME Life
Ncell NPL

सिटिजन्स बैंकलाई लगातार दुई वर्ष बैंक अफ द ईयर अवार्ड, बैंक अफ द ईयर २०२५ बाट लण्डनमा सम्मानित

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्वकै प्रतिष्ठित ‘बैंक अफ द ईयर २०२५’ अवार्ड प्राप्त गरेको छ। लण्डनस्थित द फाइनान्सियल टाईम्सले डिसेम्बर ३ मा आयोजना गरेको समारोहमा बैंकका अध्यक्ष प्रवल जङ्ग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले संयुक्त रूपमा अवार्ड ग्रहण गरे।

यसअघि बैंक अफ द ईयर २०२४ समेत जितिसकेको सिटिजन्स बैंकले लगातार दोस्रो वर्ष विश्वस्तरीय अवार्ड हात पार्दै आफ्नो अन्तर्राष्ट्रिय प्रतिष्ठा थप मजबुत बनाएको छ। कार्यक्रममा १२५ भन्दा बढी देशका बैंकका शीर्ष अधिकारीसहित करिब ४०० जनाको उपस्थिति थियो।

अध्यक्ष पाण्डेले बैंकले बैंकिङ क्षेत्रकै ‘ओस्कार’ मानिने यो अवार्ड लगातार दुई वर्ष प्राप्त गर्न सफल हुँदै अत्यन्त गर्व महसुस भएको बताउँदै आगामी दिनमा अझ ग्राहक–मैत्री र आधुनिक सेवा विस्तारमा बैंक जिम्मेवार रूपमा अघि बढ्ने बताए।

त्यस्तै, ऋभ्इ पोखरेलले अवार्ड बैंकका कर्मचारीहरूको निरन्तर मेहनत र सबै सरोकारवालाको सहयोगको परिणाम भएको उल्लेख गर्दै सुशासन, प्रुडेन्ट बैंकिङ तथा हरित बैंकिङ सेवामा थप बल प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपालमा सन् २००२ यता विभिन्न बैंकहरूले यो अवार्ड प्राप्त गर्दै आएका छन् भने अहिलेसम्म ९ वटा मात्र बैंकले यो सम्मान हात पारेका छन्। द फाइनान्सियल टाईम्सले हरेक वर्ष बैंकहरूको कार्यसम्पादन मूल्यांकन गरी ‘द बैंकर’ म्यागजिनमार्फत सूची प्रकाशित गर्दै आउँछ।

हालै सिटिजन्स बैंकले नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ ९भर्चुअल क्रेडिट कार्ड० सञ्चालनमा ल्याएको छ। बैंकले जेन–जी सेभिङ्स अकाउन्ट, डिजी बैंक सेवा, फ्रिलान्सर सेविङ्स अकाउन्ट तथा मोबाइल बैंकिङमार्फत शेयर आवेदन र ऋच्ल् सेवा लगायतका नयाँ सुविधा सुरु गरेको छ। साथै क्रस बैंक टेलर सेवा मार्फत अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकबाट त्तच् स्क्यान गरी नगद झिक्न सक्ने सुविधा उपलब्ध गराइएको छ।

सिटिजन्स बैंकले ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर, ४२ शाखारहित बैंकिङ इकाइ मार्फत १९ लाख ५६ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

 

 

 

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:०४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी...

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन हुँदै

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:५१

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

नेपाल लाइफको २५औँ वर्षमा बीमालेख नवीकरणमा विलम्ब शुल्क पूर्ण छुट

नेपाल लाइफको २५औँ वर्षमा बीमालेख नवीकरणमा विलम्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०७:४७

  काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको...

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९ वर्ष पूरा, २०औं वर्षमा प्रवेश

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९ वर्ष पूरा,...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४९

  काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ले स्थापना भएको १९...

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:३९

काठमाडौं । नागरिक लगानी कोष ले सञ्चालन गर्दै आएको उपदान...