कोरिया पठाईदिन्छु भन्दै ठगी गरेर फरार रहेका दाहाल पक्राउ
Monday Feb 25, 2019
वि.सं.२०७५ फागुन १३ सोमवार ०७:२०
काठमाडौं फागुन १३ । वैदेशिक रोजगार ठगी मुद्दामा फरार प्रतिवादी भीमप्रसाद दाहाललाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले नयाँबानेश्वरबाट पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १० बुद्धनगर बस्ने सिन्धुपाल्चोक शिखरपुरका ५५ वर्षीय दाहाल पक्राउ परेका हुन् ।
वैदेशिक रोजगारको ब्यवसाय संचालन गर्ने ईजाजतपत्र विना नै आकर्षक रोजगारीको लागि दक्षिण कोरिया पठाईदिने प्रलोभन देखाई हेमलाल गौतमबाट ३ लाख ५० हजार प्राप्त गरी वैदेशिक रोजगारमा नपठाई प्राप्त गरेको रकम फिर्ता नगरी ठगी गरेका थिए ।
वैदेशिक रोजगार ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०७४ पुस ३० गतेको फैसलाले १ लाख ५० हजार रुपैयाँ जरिवाना र १ बर्ष ६ महिना कैद हुने ठहर भएकोमा भिमप्रसाद उक्त सजाय वेरुजु रही भागी फरार रहेका थिए ।



























